भ्रष्टाचार र बेथितिले गणतन्त्रलाई कमजोर बनायोः सुदन किराती
झापा । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले भ्रष्टाचार र बेथितिले गणतन्त्रलाई कमजोर बनाएको टिप्पणी गरेका छन् । बुधवार झापाको बुद्धशान्ति गाउँ कमिटीको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै किरातीले भ्रष्टाचारसँग लड्न सदाचारी बनी माओवादी जनताको विश्वास जित्नतर्फ लाग्नुपर्नेमा जोड दिए ।
‘वर्तमान राजनीति रोगको घरेलु उपचार माओवादी सच्चिनु हो’, उनले भने, ‘ गणतन्त्रलाई कमजोर भ्रष्टाचार र बेथितिले बनायो ।
भ्रष्टाचारसँग लड्न सदाचारी बनी माओवादीले जनताको विश्वास जित्नुपर्छ ।’
गणतन्त्रका लागि सबैभन्दा बढी माओवादीले लगेको भन्दै उनले सोही कारण सच्चिन पनि माओवादीले नै बढी लाग्नुपर्ने उनको भनाइ थियो ।
उनले जनतामा चरम अभाव र आक्रोश रहेको उल्लेख गर्दै सरकारले जनताको मुद्दा सम्बोधन गर्न असफल रहे कुनै दिन चैत्र १५ को भन्दा भयावह घटना हुनसक्ने तर्फ सचेत रहन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण