अपडेट
बालेन विरुद्धको कार्यक्रममा सहभागी भइनन् रास्वपाकी वडाध्यक्ष
बिहीबार, २१ चैत २०८१, ११ : ५४

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय भित्र्याउन सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारी कार्यपालिकामा जम्मा भएको बेला रास्वपाबाट निर्वाचित वडा नं १६ कि अध्यक्ष रोजिना श्रेष्ठ भने सहभागी भएकी छैनन् । आफूलाई नबोलाइएको भन्दै उक्त कार्यक्रममा आफू सहभागी नभएको उनले बताइन् ।
आउन दिने कि नदिने भन्ने सम्बन्धमा उपमेयर सुनिता डंगालेदेखि कांग्रेस तथा एमालेका जनप्रतिनिधि तथा कर्मचारी कार्यालय प्राङ्गणमा भेला भएका छन् । उता महानगरर प्रहरी भने प्रमुख प्रशासकीय अधिकृतलाई रोक्न खटिएका छन् ।
मेयरले अवैधानिक रुपमा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाइएको र यही कारणले कर्मचारीले ३ महिना र शिक्षकले ५ महिनासम्म तलब नपाएको उनीहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म