अमेरिकाको मध्यपश्चिम र दक्षिणमा आँधीका कारण मर्नेको संख्या ६ पुग्यो

वासिङ्टन डीसी । अमेरिकाको दक्षिणी र मध्यपश्चिमी क्षेत्रहरूमा भीषण आँधीबेहरी आएको छ । आँधीका कारण छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । आँधीले बिजुलीका तार र रूखहरू ढलेका छन् । कयौं घरका छाना उडाएर जनजीवन अस्तव्यस्त भएको छ ।
अर्कान्सास, इलिनोइस, इन्डियाना, मिसौरी र मिसिसिपीको केही भाग आँधीको चपेटामा आएको छ । अस्थिर वातावरणसँगै गर्मी र तेज हावाले मौसम बिगार्ने चेतावनी मौसम अधिकारीहरूले दिएका छन् ।
दक्षिणपूर्वी मिसौरीमा एक जनाको मृत्यु भएको छ भने इन्डियानापोलिसको उपनगरमा रहेको गोदामको एक भाग भत्किँदा एक जना भित्र फसेका छन् । उत्तरपूर्वी अर्कान्सासमा हजारौँ फिट माथिसम्म धुलो फोहोर उडेपछि आँधीबेहरीसम्बन्धी आपत्काल जारी गरिएको छ।
आगामी दिनहरूमा दक्षिण र मध्य पश्चिममा भीषण बाढीको खतरा रहेको पनि बताइएको छ । आगामी चार दिनमा एक फिटभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किम प्रिमियरमा दर्शकले रूचाए ’जार’
-
इजरायलमा ‘अहिलेसम्मकै ठुलो’ डढेलो, तस्बिरहरू
-
सीड फाइनान्सियल एकेडेमीद्वारा ग्र्याजुएसन समारोह सम्पन्न
-
युक्रेनकाे खेरसनमा ड्रोन आक्रमण, कम्तीमा सात जनाको मृत्यु
-
नामी र सेरेसले सुरु गरे अफर
-
पहलगाम आक्रमणमा ज्यान गुमाएका लेफ्टिनेन्टकी पत्नी भन्छिन्, ‘मुस्लिमहरू विरुद्ध नजानुहोस्’