अमेरिकाको मध्यपश्चिम र दक्षिणमा आँधीका कारण मर्नेको संख्या ६ पुग्यो
वासिङ्टन डीसी । अमेरिकाको दक्षिणी र मध्यपश्चिमी क्षेत्रहरूमा भीषण आँधीबेहरी आएको छ । आँधीका कारण छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । आँधीले बिजुलीका तार र रूखहरू ढलेका छन् । कयौं घरका छाना उडाएर जनजीवन अस्तव्यस्त भएको छ ।
अर्कान्सास, इलिनोइस, इन्डियाना, मिसौरी र मिसिसिपीको केही भाग आँधीको चपेटामा आएको छ । अस्थिर वातावरणसँगै गर्मी र तेज हावाले मौसम बिगार्ने चेतावनी मौसम अधिकारीहरूले दिएका छन् ।
दक्षिणपूर्वी मिसौरीमा एक जनाको मृत्यु भएको छ भने इन्डियानापोलिसको उपनगरमा रहेको गोदामको एक भाग भत्किँदा एक जना भित्र फसेका छन् । उत्तरपूर्वी अर्कान्सासमा हजारौँ फिट माथिसम्म धुलो फोहोर उडेपछि आँधीबेहरीसम्बन्धी आपत्काल जारी गरिएको छ।
आगामी दिनहरूमा दक्षिण र मध्य पश्चिममा भीषण बाढीको खतरा रहेको पनि बताइएको छ । आगामी चार दिनमा एक फिटभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण