बालेनसँग राज्य नै द्वन्द्वमा उत्रिन सुहाउँदैन : भण्डारी
शुक्रबार, २२ चैत २०८१, ०९ : २३
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहसँग राज्य नै द्वन्द्वमा उत्रिन नसुहाउने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–'काठमाडौँ महानगर प्रमुखसँग राज्य नै द्वन्द्वमा उत्रिन कदापि सुहाउँदैन र राज्यको कर्तव्य पनि होइन। राज्यको आफ्नो गरिमा अभिभावकीय भूमिका निभाउनुमा हुन्छ !'
भण्डारीले राज्य प्रतिशोधमा लाग्न नहुनेमा पनि जोड दिएका छन् । उनले भनेका छन्– 'प्रतिशोधको सीमा कतिसम्म र कहिलेसम्म ? साना र ठुलामा फरक के ? फिनी हराएको थाहा छैन गहुँका दानाको गिन्ती !'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण