दक्षिण कोरियामा अदालतले राष्ट्रपति हटाउँदा जनतामा खुसी र निराशा दुवै
सोल । महाभियोगको अभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति यून सुक येओललाई त्यहाँको संवैधानिक अदालतले पदबाट बर्खास्त गरेको छ । गएको डिसेम्बरको सुरुमा मार्सल ल लगाएर देशलाई राजनीतिक सङ्कटमा धकेलेका यूनलाई शुक्रवार सोल पश्चिम जिल्ला अदालतले राष्ट्रपति पदबाट हटाउने पक्षमा सर्वसम्मतिले निर्णय गरेको थियो ।
मार्सल ल लगाएपछि डिसेम्बरमा यूनमाथि महाभियोग प्रस्ताव पेस गरियो । केही असफलतापछि अन्ततः राष्ट्रिय सभाले उनीमाथि महाभियोग प्रस्ताव पारित गर्यो । सो फैसलालाई शुक्रवार अदालतले यथावत् राखेको छ । योसँगै येओल राष्ट्रपति पदबाट बहिष्कृत भएका छन् ।
यो फैसलापछि येओलका समर्थकहरू निराश भएका छन् भने जनतामा खुसीको माहौल देखिएको छ । यस निर्णयको विरोध गर्ने केही समर्थकलाई प्रहरीले समातेको पनि छ । येओलको मार्सल लको विरोध गर्नेहरू भने सडकमा खुसीले नाचिरहेका छन् ।
अदालतको यो फैसलासँगै येओलले राष्ट्रपति निवास खाली गर्नुपर्नेछ । तर अहिलेसम्म उनी राष्ट्रपतिको सरकारी भवनबाट बाहिरिने कुनै सङ्केत नदेखिएको भन्दै बीबीसीले समाचार छापेको छ । २०१७ मा आफूमाथिको महाभियोग प्रस्तावलाई संवैधानिक अदालतले यथावत् कायम गरेको २ दिनपछि तत्कालीन राष्ट्रपति पार्क ग्युन–ह्येले राष्ट्रपति भवन छाडेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण