कुलमान भन्छन्–सर्वसाधारणले मप्रति देखाउनुभएको माया, प्रेम र विश्वास प्रेरणाका स्रोत हुन्
काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेका कुलमान घिसिङले आफू नेपाल विद्युत् प्राधिकरणबाट मात्र बिदा भएको भन्दै एक जिम्मेवार नागरिकको रूपमा आफ्नो काम कर्तव्य कहिल्यै कम नहुने बताएका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफूलाई अझै जनताको स्नेह र आशीर्वादले हार्ने छुट नदिएको पनि बताए । उनले राष्ट्रसेवक कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम सरकारले गरेको भन्दै यसमा सफल भएकोमा केही व्यक्तिले सफल ठानेको पनि बताए ।
‘नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय पर्याप्त सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमानदारितापूर्वक खटिरहेको राष्ट्रसेवक कर्मचारीलाई हतोत्साहित एवं अपमानित गराउने दुराशय सफल भएकोमा कतिपय व्यक्ति, समूह वा शक्तिले आफूलाई सफल ठानेका होलान्,’ पत्रकार सम्मेलनमा घिसिङले भने, ‘नेपाली जनताले दिएको स्नेह र आशीर्वादले मलाई हार्न दिएको छैन ।’
उनले आफू विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्रै बिदा भएको भन्दै एक जिम्मेवार नागरिकको रूपमा आफ्नो काम कर्तव्य कहिल्यै कम नहुने बताए ।
‘नेपालको कानुनले निदृष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति कसरी खटिएको थियो, कसको स्वार्थको विषयमा ममाथि जाइलागेको थियो भन्ने नेपाली जनता आफैँ जानकार छन्’, उनको भनाइ छ । ‘आम उपभोक्ता, सर्वसाधारणले मप्रति देखाउनुभएको माया, प्रेम र विश्वास मेरा प्रेरणाका स्रोत हुन्’, घिसिङले भनेका छन् ।
पत्रकार सम्मेलनमा घिसिङले आफ्नो कार्यकालमा भएगरेका कामका बारेमा समेत जानकारी दिएका थिए । गत सातामात्रै घिसिङलाई हटाएर सरकारले हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण