फिफ्टिन्स रग्वी च्याम्पियनसिपको आगामी संस्करण चैत २७ गतेदेखि
काठमाडौँ । नेपाल रग्बी संघले ‘फिफ्टिन्स रग्वी च्याम्पियनसिप’ को आगामी संस्करण चैत २७ देखि वैशाख २ गतेसम्म आयोजना गर्ने भएको छ । प्रतियोगिता ललितपुरस्थित च्यासल रंगशालामा सञ्चालन हुने संघले जनाएको छ ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, गोर्खाली रग्वी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लबको सहभागिता रहने जानकारी नेपाल रग्वी संघका महासचिव गोविन्द घिमिरेले दिए । सहभागी क्लबहरुले एक महिना अघिदेखि नै प्रशिक्षण सुरु गरिसकेको जानकारी पनि उनले दिए ।
प्रतियोगिताको मुख्य निर्णायकमा श्रीलंकाका प्रियान्था गुनारथ्न तथा म्याच रेफ्रीमा श्रीलंकाकै सुरंगा अरुणा थालगालागे र नेपालका प्रेमबहादुर कोइराला रहने बताइएको छ । प्रतियोगिताका खेलहरु लिगका आधारमा खेलाइने छ ।
अघिल्लो संस्करणदेखि यो प्रतियोगिताको ट्रफीलाई रनिङ ट्रफीको रुपमा सञ्चालन गरिएको छ । अघिल्लो संस्करणको उपाधि गोर्खाली रग्वी क्लबले जितेको थियो । यसपटक प्रतियोगितामा सहभागी हुने चारवटै क्लबलाई तयारीका लागि जनही तीन लाख रुपैयाँ उपलब्ध गराइएको संघले जनाएको छ ।
यसैगरी, प्रतियोगितामा सहभागी खेलाडीहरुका लागि तीन लाख रुपैयाँ बराबरको विमा पनि गरिएको संघले जनाएको छ । प्रतियोगितामा पहिलो हुने टोलीले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।
उपविजेता टोलीलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
२०८२ साल वैशाख २० देखि २२ गतेसम्म नेपालमै आयोजना हुने नेपाल–बंगलादेश अन्तर्राष्ट्रिय रग्वी सिरिजका लागि पनि यही प्रतियोगितामार्फत नेपाली टोलीको छनोट गरिने संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण