शिक्षकको अनिश्चितकालीन आन्दोलन : सडकमा माग सुनाउँदै, नाचगानमा रमाउँदै (फोटोफिचर)
काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरूले शुक्रबार पनि काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।
सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले काठमाडौँको माइतीघर बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
बुधबारबाट अनिश्चितकालीन काठमाडौँ केन्द्रित सडक आन्दोलन सुरु गरेको महासंघले आफ्ना माग पुरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएको छ ।
सदनको हिउँदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन काठमाडौँ केन्द्रित सडक आन्दोलन सुरु गरेको हो ।
यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने महासंघको माग छ । महासंघले आफ्ना मागहरू पुरा नभएसम्म शिक्षकहरू विद्यालय नफर्कने चेतावनी दिएको छ ।
आन्दोलनमा सहभागी शिक्षकहरूले आफ्नो माग सुनाउन विभिन्न नारा र प्लेकार्डको प्रयोग गरेका छन् । यस्तै सडकमा आफूहरूको माग समेटिएको विषयमा गीत गाउँदै नाचगान समेत गरिरहेका छन् ।
_3rdbf8yPfD.jpg)
_xgjAXRUYCL.jpg)
_DDkH1cEQUY.jpg)
_yvReTrgbXj.jpg)
_aPCJaaUjC1.jpg)
_J2EUVAN1NG.jpg)
_5wdIWWjj7C.jpg)
_5ef1G3AXXN.jpg)
_e4oDp1QYlH.jpg)
_TVNwv9n9ij.jpg)
_j5VEPkwWmX.jpg)
_XjpIdVXvWM.jpg)
_k23cyt0nIL.jpg)
_o6tJmEnTmj.jpg)
_kjhCVcbsCW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण