सुहागरातका दिन पत्नीको यस्तो हरकत, पति स्तब्ध
लखनउ । भारतको उत्तर प्रदेश राज्यको बरेलीमा एउटा अनौठो घटना भएको छ । सुहागरातका दिन पत्नीको हरकतबाट स्तब्ध भएका पतिले अन्ततः प्रहरीको सहारा लिनु परेको छ ।
पीडित पुरुषको पहिचान भारतीय सञ्चारमाध्यमले खुलाएका छैनन् । यद्यपि उनी बरेली निवासी रहेको र उनको विवाह २५ जनवरीमा भएको उल्लेख छ ।
सुहागरातको समय आफू पत्नीको नजिक जानासाथ आफूलाई छुनसमेत नदिएको र छोएमा बलात्कार र हिंसाको आरोपमा जेलमा पठाइदिने धम्की दिएको ती पुरुषले प्रहरीसमक्ष बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
पत्नीले माइती गाउँकै एक युवकसँग लामो समयदेखि आफू प्रेममा रहेको समेत आफूलाई बताएको उनको भनाइ छ ।
पीडित पुरुषले परिवारजनलाई समेत यसबारे जानकारी दिएको बताइन्छ । परिवारका सदस्य मिलेर सम्झाउन खोज्दासमेत पत्नीले सबैलाई फसाइदिने धम्की दिएपछि प्रहरीमा उजुरी दिन बाध्य भएको ती पुरुषको भनाइ छ ।
प्रहरीले ती पुरुषको उजुरीका आधारमा छानबिन एवं आवश्यक कारबाही प्रक्रिया अघि बढाएको बताइएको छ । पीडितले आफू सम्बन्ध विच्छेदका लागि इच्छुक रहेको तर पत्नी र उनको परिवारले लगातार धम्की दिइरहेको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण