सुहागरातका दिन पत्नीको यस्तो हरकत, पति स्तब्ध

लखनउ । भारतको उत्तर प्रदेश राज्यको बरेलीमा एउटा अनौठो घटना भएको छ । सुहागरातका दिन पत्नीको हरकतबाट स्तब्ध भएका पतिले अन्ततः प्रहरीको सहारा लिनु परेको छ ।
पीडित पुरुषको पहिचान भारतीय सञ्चारमाध्यमले खुलाएका छैनन् । यद्यपि उनी बरेली निवासी रहेको र उनको विवाह २५ जनवरीमा भएको उल्लेख छ ।
सुहागरातको समय आफू पत्नीको नजिक जानासाथ आफूलाई छुनसमेत नदिएको र छोएमा बलात्कार र हिंसाको आरोपमा जेलमा पठाइदिने धम्की दिएको ती पुरुषले प्रहरीसमक्ष बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
पत्नीले माइती गाउँकै एक युवकसँग लामो समयदेखि आफू प्रेममा रहेको समेत आफूलाई बताएको उनको भनाइ छ ।
पीडित पुरुषले परिवारजनलाई समेत यसबारे जानकारी दिएको बताइन्छ । परिवारका सदस्य मिलेर सम्झाउन खोज्दासमेत पत्नीले सबैलाई फसाइदिने धम्की दिएपछि प्रहरीमा उजुरी दिन बाध्य भएको ती पुरुषको भनाइ छ ।
प्रहरीले ती पुरुषको उजुरीका आधारमा छानबिन एवं आवश्यक कारबाही प्रक्रिया अघि बढाएको बताइएको छ । पीडितले आफू सम्बन्ध विच्छेदका लागि इच्छुक रहेको तर पत्नी र उनको परिवारले लगातार धम्की दिइरहेको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख
-
बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने
-
नेपाली युवाले अष्ट्रेलियामा बनाए ‘ऋ प्रो’ एप
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित