मार्स र मारक्रमको विस्फोटक ब्याटिङ, पाण्ड्याको ‘फाइफर’
लखनउ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६औँ खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्ससामु जितका लागि २ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३ रन बनाएको हो ।
टोलीलाई ओपनरद्वय मिचेल मार्स र ऐडन मारक्रमले उत्कृष्ट सुरुवात दिलाए । दुवैले मात्र ७ ओभरमा ७६ रन जोडेका थिए । मार्सले टोलीका लागि सर्वाधिक ६० रनको योगदान दिए । उनले मात्र ३१ बलमा ९ चौका र २ छक्का प्रहार गरे ।
मारक्रममले ३८ बलमा ५३ रन जोडे । उनले यसक्रममा २ चौका र ४ छक्का हिर्काए । आयुस बडोनीले १९ बलमा ३० रन तथा डेभिड मिलरले १४ बलमा २७ रन जोडे । मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले ४ ओभरमा ३६ रन खर्चेर ५ विकेट लिए । ट्रेन्ट बोल्ट, अश्विनी कुमार र भिगनेस पुथुरले १–१ विकेट लिए ।
दुवै टोलीले हालसम्म खेलेका ३–३ वटा खेलमध्ये एक खेलमा मात्र जित हात पारेका छन् । अंक तालिकामा मुम्बई छैटौँ र लखनउ सातौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण