शंकरले रास्वपालाई सम्झाए रवि गृहमन्त्री हुँदाको अवस्था
काठमाडौँ । सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ । शुक्रबार राति प्रहरी हेपाली हाइटस्थित उनको निवासमा पुगेर पक्राउ गरेको हो ।
यता पक्राउ पुर्जी नलिएरै प्रहरी लामिछानेलाई पक्राउ गर्न गएकोप्रति रास्वपाले असन्तुष्टि पोखेको छ । ‘सभापतिको घरमा — त्यो पनि बेडरुमभित्र बसेर जुन किसिमले पुर्जी लेख्ने अनौठो अभ्यास प्रहरीले गर्यो, विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन’, रास्वपाको भनाइ छ ।
यसैबिच नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपालाई रवि गृहमन्त्री हुँदाको अवस्था स्मरण गराएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रहरीको पुर्जी काट्ने 'रीति र थिति' रविजी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने रास्वपाका नेताहरूलाई 'थाह' नहुने कुरै भएन । तर पनि 'सुधार'को खोजी यस्तै वेलामा हुने त हो नि !?
शुक्रबार नै सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण