तीनकुने घटनामा निष्पक्ष छानबिन हुन्छ, न्यायिक छानबिन आवश्यक नहुन पनि सक्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूले गरेको प्रदर्शनमा भएको हिंसा र बल प्रयोगको विषयमा निष्पक्ष छानबिन हुने बताएका छन् । उनले यसका लागि न्यायिक छानबिन आवश्यक नहुन पनि सक्ने बताएका हुन् ।
शनिबार त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले भने, ‘छानबिन हुँदैछ । न्यायिक छानबिन हुन पनि सक्छ, नहुन पनि सक्छ । तर, छानबिन निष्पक्ष हुन्छ । सबै कुरामा न्यायिक छानबिन आवश्यक पनि हुँदैन ।’
त्यस्तै, शिक्षकहरूको आन्दोलनको विषयमा उनले यसलाई सरकारले नकारात्मक दृष्टिकोणले नहेरेको स्पष्ट पार्दै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘शिक्षकहरूलाई म धन्यवाद भन्न चाहन्छु किनभने सरकारमाथि विश्वास गरेर उहाँहरू यो प्रदर्शनमा आउनुभएको छ । नत्र पहिले प्रदर्शन गर्नुहुन्न थियो । किनभने प्रदर्शन गर्यो गर्यो कानमा बतास लाग्दैन भन्ने किन प्रदर्शन गर्ने ? यसपटक आवाज उठाएपछि सरकारले सुन्छ भन्ने विश्वास भएर आउनुभएको हो ।’
उनले थपे, ‘हामीहरू कुराकानी गर्छौँ, उहाँहरूको कुरा सुन्छौँ । न उहाँहरू सरकार विरोधी हो न सरकार उहाँहरू विरोधी हो । सबै हामी एउटै हौँ । के कति गर्न सकिन्छ, के कस्तो गर्नुपर्छ भन्ने कुरा परस्परमा बसेर छलफल गरेर टुङ्गोमा पुग्न सकिन्छ ।’
‘उहाँहरूसँग आइहाल्नुभएकै छ । सानो डेलिगेसन आएको भए पनि हुन्थ्यो । पहिलेको जस्तो सरकारले सुन्दैन कि भनेर ठान्नु भयो होला,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण