पाकिस्तानविरुद्ध न्युजिल्याण्डको ‘क्लिन स्विप’
अकल्याण्ड । बेन सियर्सले घातक बलिङ गरेपछि तेस्रो एकदिवसीयमा पाकिस्तानलाई हराउँदै न्युजिल्याण्डले एकदिवसीय शृङ्खला ३–० ले क्लिन स्विप गरेको छ । यसअघि टोलीले टी–२० शृङ्खला ४–१ ले जितेको थियो ।
शनिबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा न्युजिल्याण्डले पहिले ब्याटिङ गर्दै पाकिस्तानलाई २६५ रनको लक्ष्य दिएको थियो । यसमा ओभर छोट्ट्याएर ४२/४२ ओभरको बनाइएको थियो ।
तर, जवाफी ब्याटिङमा उत्रेको पाकिस्तानले ४० ओभरमा सबै विकेट गुमाएर २२१ रन मात्र बनाउन सक्यो । पाकिस्तानलाई सस्तोमा समेट्न बेन सियर्सले घातक बलिङ गरे उनले ९ ओभरमा मात्र ३४ रन खर्चेर ५ विकेट हात पारे ।
पाकिस्तानका लागि बाबर आजमले अर्धशतकीय इनिङ्स खेले उनले ५८ बलमा ५० रन बनाउँदा ४ चौका र १ छक्का हिर्काए । कप्तान मोहमद रिजवानले ३२ बलमा ३७ रन बनाए ।
अब्दुल्लाह सफिक र तयब ताहिरले ३३–३३ रनको योगदान दिए । इमाम उल हक भने रिटायर्ड हर्ट हुन बाध्य भएका थिए । न्युजिल्याण्डका लागि जेकब डफीले २ विकेट तथा माइकल ब्रेसवेल, मुहमद अब्बास र डेरल मिचेलले एक–एक विकेट हात पारे ।
यसअघि, न्युजिल्याण्डले निर्धारित ४२ ओभरमा ८ विकेटको क्षतिमा २६४ रन बनाएको थियो । टोलीका लागि कप्तान माइकल ब्रेसवेलले ४० बलमा सर्वाधिक ५९ रनको योगदान दिए । उनले १ चौका र ६ छक्का प्रहार गरे ।
त्यस्तै, ओपनर राइस मारिउले ६१ बलमा ५८ रन बनाए । उनले छ चौका तथा २ छक्का हिर्काए । डेरल मिचेलले ४३ रन तथा हेनरी निकोलसले ३१ रन जोडे । पाकिस्तानका लागि आकिफ जाभेदले ८ ओभरमा ६२ रन खर्चेर ४ विकेट लिए । नसिम शाहले २ तथा सुफियान मुकिम र फहिम असरफले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण