‘ज्ञानेन्द्रको शासन बेहोर्नु परेको भए बीपी पनि गणतन्त्रका पक्षमा उभिनुहुन्थ्यो’
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राप्रपाले नेपालगन्जमा बीपी कोइरालाको सालिकमा कालोमोसो दल्ने र तोडफोड गरेकोमा विरोध जनाएका छन् । उनले यसबाट राजावादीहरू के चाहन्छन् भन्ने स्पष्ट भएको बताएका हुन् ।
उनले पूर्वराजा ज्ञानेन्द्रको शासन बेहोर्नु परेको भए बीपी पनि गणतन्त्रका पक्षमा उभिने जिकिर गरे । उनले यो कुरा नेपालमा लोकतन्त्र र राजसंस्था सँगै जान सक्दछ भन्नेहरूले बुझ्नुपर्ने बताए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजतन्त्र होइन, राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा हो राप्रपा भन्नेहरूले नेपालगन्जमा बीपीको सालिकमा कालोमोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरेछन् । अब आफै बुझ्नुहोस् राजावादीहरू के चाहन्छन् ? आन्दोलनका संयोजक धवल शमशेरको गृहनगरीबाट दिएको सन्देश हो कांग्रेस भित्रका संवैधानिक राजसंस्थाका हिमायतीहरूलाई ।
त्यसैले नेपालमा लोकतन्त्र र राजसंस्था सँगै जान सक्दछ भन्नेहरूले बुझ्नु पर्दछ पूर्वराजा ज्ञानेन्द्रको शासन बेहोर्नु परेको भए बीपी पनि गणतन्त्रका पक्षमा उभिनुहुन्थ्यो । किनकि बीपीको समयमा बीपीभन्दा बढी नै संवैधानिक राजसंस्थाका हिमायती हुनुहुन्थ्यो गिरिजाप्रसाद कोइराला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण