प्यालेस्टिनी क्षेत्रहरू विभाजन गर्ने इजरायली प्रयास इजिप्टद्वारा अस्वीकार
इजिप्ट । गाजा पट्टीलाई पश्चिम किनारबाट अलग गरेर प्यालेस्टिनी क्षेत्रहरूको एकतालाई कमजोर पार्ने इजरायली प्रयासलाई इजिप्टले अस्वीकार गरेको छ ।
विदेशमन्त्री बद्र अब्देलाट्टीले केन्द्रीय समितिका महासचिव जिब्रिल राजौबको नेतृत्वमा रहेको प्यालेस्टिनी फताह आन्दोलनको भ्रमण प्रतिनिधिमण्डलसँग कायरोमा भएको भेटमा अब्देलाट्टीले उक्त टिप्पणी गरेका हुन् ।
गाजा र पश्चिम किनारमा चलिरहेको इजरायली सैन्य कारबाहीको बीचमा हालैका घटनाक्रमहरूमा छलफल केन्द्रित थियो ।
विदेशमन्त्रीले युद्धविराम पुनस्र्थापित गर्ने र घेराबन्दीमा परेको गाजा पट्टीमा मानवीय सहायता प्रवाह पुनः शुरु गर्ने इजिप्टको प्रयासबारे जानकारी दिए। उनले प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट विस्थापन गर्ने कुनैपनि कार्यमा इजिप्टको विरोध रहने बताए ।
कतार र संयुक्त राज्य अमेरिकासँगै इजिप्टले इजरायल र प्यालेस्टिनी गुटहरू बीच मध्यस्थता गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण