प्यालेस्टिनी क्षेत्रहरू विभाजन गर्ने इजरायली प्रयास इजिप्टद्वारा अस्वीकार

इजिप्ट । गाजा पट्टीलाई पश्चिम किनारबाट अलग गरेर प्यालेस्टिनी क्षेत्रहरूको एकतालाई कमजोर पार्ने इजरायली प्रयासलाई इजिप्टले अस्वीकार गरेको छ ।
विदेशमन्त्री बद्र अब्देलाट्टीले केन्द्रीय समितिका महासचिव जिब्रिल राजौबको नेतृत्वमा रहेको प्यालेस्टिनी फताह आन्दोलनको भ्रमण प्रतिनिधिमण्डलसँग कायरोमा भएको भेटमा अब्देलाट्टीले उक्त टिप्पणी गरेका हुन् ।
गाजा र पश्चिम किनारमा चलिरहेको इजरायली सैन्य कारबाहीको बीचमा हालैका घटनाक्रमहरूमा छलफल केन्द्रित थियो ।
विदेशमन्त्रीले युद्धविराम पुनस्र्थापित गर्ने र घेराबन्दीमा परेको गाजा पट्टीमा मानवीय सहायता प्रवाह पुनः शुरु गर्ने इजिप्टको प्रयासबारे जानकारी दिए। उनले प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट विस्थापन गर्ने कुनैपनि कार्यमा इजिप्टको विरोध रहने बताए ।
कतार र संयुक्त राज्य अमेरिकासँगै इजिप्टले इजरायल र प्यालेस्टिनी गुटहरू बीच मध्यस्थता गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते