रुपन्देहीको एक सहकारीमा चोरी, सीसीटीभी समेत गायब
आइतबार, २४ चैत २०८१, ११ : १७
बुटवल । रुपन्देहीको देवदहस्थित कोलिय देवदह बचत तथा सहकारी संस्थाको घोडाहा सेवा केन्द्रमा चोरी भएको छ।
सहकारीको झ्याल तोडेर कार्यालय प्रवेश गरी गएराति ८ लाख ४३ हजार रुपैयाँ नगद चोरी भएको सहकारीका मुख्य व्यवस्थापक विनोद पराजुलीले बताए । सहकारीको सीसीटीभीको हार्डडिस्क गायब भएको छ ।
देवदह प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक एकबहादुर नेपालीले सहकारीको भल्ट नै फोडेर नगद चोरी विषयमा अनुसन्धान सुरु गरेको बताए ।
उनले केही व्यक्तिको लोकेसन र कल रेकर्ड समेत अध्ययन गरिरहेको खुलाए। केही महिना अगाडि देवदह दुग्ध उत्पादन सहकारी संस्थामा पनि चोरी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडाद्वारा कतार ६–० ले पराजित, जोनाथन डेभिडको सानदार ह्याट्रिक
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण