विपक्षी टोलीका प्रशिक्षकको नाक तानेपछि तीन खेलको प्रतिबन्धमा परे चर्चित प्रशिक्षक मोउरिन्हो
काठमाडौँ । टर्किस कप फुटबलमा खेल जितेपछि विपक्षी टोलीका प्रशिक्षकलाई नाकमा समाएर तानेको आरोपमा फेनरबाचका प्रशिक्षक होजे मोउरिन्होमाथि तीन खेलको प्रतिबन्ध लगाइएको छ । टर्की फुटबल महासङ्घले मोउरिन्होमाथि प्रतिबन्ध लगाउने निर्णय लिएको हो ।
टर्किस कप फुटबल प्रतियोगिताका क्रममा फेनरबाचका प्रशिक्षक होजे मोउरिन्होले गालातसोरेका प्रशिक्षक ओकान बुरुकलाई नाकमा समाएर तानेका थिए । त्यसपछि गालातसारेले आफ्ना प्रशिक्षकमाथि भौतिक आक्रमण भएको आरोप लगाएको थियो ।
उक्त ‘डर्बी’ भिडन्त बिहीबार शुक्रु साराकोग्लु स्टेडियममा खेलाइएको थियो । सो क्वार्टरफाइनल खेलमा गालातसारेले फेनरबाचमाथि २–१ गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको थियो । खेल सकिएलगत्तै यो घटना भएको थियो ।
खेल सकिएपछि दुबै टोलीका प्रशिक्षक मैदानमा खेल अधिकारीहरूसँग कुराकानी गरिरहेका थिए । सोही क्रममा मोउरिन्होले पछाडिबाट गालातसारेका प्रशिक्षक ओकानको नाकमा समाएर तानेको थिए । उनले नाकमा समाएर तानेपछि ओकान हातले अनुहार छोपेर भुइँमा लडेका थिए ।
सोही घटनालाई लिएर प्रशिक्षक मोउरिन्हो तीन खेलको प्रतिबन्धमा परेका हुन् । महासङ्घले प्रशिक्षक मोउरिन्होमाथि सात हजार सात सय अमेरिकी डलरको जरिवाना पनि लगाएको छ । ‘मोउरिन्होमाथि तीन खेलको प्रतिबन्ध लगाइएको छ । यो अवधिमा उनी खेलका क्रममा बेन् र ड्रेसिङ रुममा पनि जान पाउने छैनन्,’ महासङ्घले भनेको छ ।
सन् २०२४ मा फेनरबाचमा आबद्ध भएयता प्रशिक्षक मोउरिन्हो दोस्रो पटक निलम्बनमा परेका हुन् । यसअघि गालातसारे विरुद्धकै खेलका क्रममा खेल अधिकारीको आलोचना गरेको आरोपमा उनी चार खेलको प्रतिबन्धमा परेका थिए । त्यतिबेला उनीमाथि ४२ हजार अमेरिकी डलर जरिवाना पनि लगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण