नाडाले स्वीकार गर्यो नाइमाको अस्तित्वः दुवैमा सदस्य बन्न सकिने, कार्यक्षेत्र छुट्याइयो
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को अस्तित्व स्वीकार गरेको छ ।
आइतबार नाडाका अध्यक्ष करण चौधरी र नाइमाको तर्फबाट ऋतु सिंहले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै दुवै संस्थाको कार्यक्षेत्र, भूमिका र सहकार्यबारे प्रस्ट पारेका हुन् ।
नाडा गत फागुन ९ गते आधिकारिक रूपमा दुई टुक्रा भएको थियो । १० वटा अटो आयातकर्ता कम्पनी नाइमा नामक नाफा वितरण नगर्ने कम्पनी स्थापना भएको थियो ।
नाइमाका औपचारिक उद्घाटन भने यही वैशाख ४ गते हुने गरी तय गरिएको छ । यसअघि अटो क्षेत्रको आयातकर्ता, डिलर, वर्कशपलगायत सबै क्षेत्रका प्रतिनिधि संस्थाका रूपमा नाडाले नै काम गर्दै आएको थियो ।
तर एकाएक नयाँ संस्था दर्ता भएसँगै नाडा फुटेको रूपमा चर्चा हुँदै आएको थियो । आइतबार जारी गरिएको विज्ञप्तिमा भने एउटा संस्थामा रहेको संस्था अर्को संस्थामा समेत बस्न सक्ने व्यवस्था गरेको हो । उनीहरूले कुन संस्थाले के काम गर्ने भन्ने समेत प्रस्ट पारेका छन् ।
नाडाले अटोमोबाइल उद्योगलाई समर्थन गर्ने र राष्ट्र विकासमा योगदान पुर्याउने दृष्टिकोणले स्थापना गरिएको भन्दै यसले अटोमोबाइल नीति निर्माण गर्न तथा उद्योगसँग सम्बन्धित चुनौती समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गरेको छ ।
त्यस्तै नाइमाले मोबिलिटी सशक्तीकरणको वकालत गर्ने भनिएको छ । यसमा अटोमोबाइल आयातकर्ता र निर्माता प्रतिनिधित्व रहने उल्लेख गरिएको छ । नाइमाले मोबिलिटीमार्फत विकास सशक्त बनाउने लक्ष्य राखेको र दिगो तथा उद्योग र सरोकारवालाहरूको सशक्तीकरण, विकास तथा समृद्धिमा केन्द्रित रहनेछ उल्लेख गरिएको छ ।
त्यस्तै नाइमाले वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षाको प्रवर्द्धन, सडक सुरक्षा तथा पूर्वाधार सुधारको आवश्यकतालाई सम्बोधन गर्दै सरकारसँग मिलेर यी उद्देश्य पूरा गर्न काम गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण