प्रदर्शनका लागि भृकुटी मण्डप मागेको राप्रपालाई प्रशासनले भन्यो– सिफल वा बल्खुतिर जानु
आइतबार, २४ चैत २०८१, २१ : ०६
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा संवेदनशीलता देखाउँदै भृकुटी मण्डपमा कार्यक्रम स्थल उपलब्ध गराउन नसकिने जनाएको छ ।
गत शुक्रबार प्रदर्शनी मार्ग भृकुटी मण्डपमा आमसभा आयोजनाका लागि राप्रपाले स्थान माग गर्दै प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो । प्रशासन कार्यालयले भृकुटी मण्डपमा कार्यक्रम आयोजनाका लागि शिक्षकहरुको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रम लगायत पूर्व निर्धारित कार्यक्रम भइरहेकाले सुरक्षा संवेदनशीलताका हिसावले माग भएको स्थान उपलब्ध गराउन नसकिने जानकारी गराएको हो ।
कार्यालयले राप्रपालाई दिएको जवाफमा उक्त स्थानहरु सुरक्षा संवेदनशीलताका हिसावले उपयुक्त नहुने जिल्ला सुरक्षा समितिको निर्णयसमेतको आधारमा सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्ने व्यवस्था गर्न अनुरोध गरेको छ ।
_8xWORGdMlj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा निर्वाचनपछि ५ पार्टीका अध्यक्ष एउटै मञ्चमा
-
दुई सुरक्षा निकायका एआईजीले सुरक्षा व्यवस्थापनको मनिटर गर्ने
-
दीपक बोहराले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
बेलायती प्रधानमन्त्रीले राजीनामा दिने चर्चा
-
बाँदरकै बारेमा विद्यावारिधि गरेका विज्ञलाई प्रश्न– नेपालमा बाँदर नियन्त्रणका लागि के गर्न सकिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण