बार निर्वाचनको मतगणना दिउँसो १२ बजेपछि
काठमाडौँ । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनअन्तर्गत उपत्यका बाहिरका सबै मतपेटिका काठमाडौँ आइपुगेको छ । निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाका अनुसार आइतबार मध्यरातिसम्म सबै मतपेटिका काठमाडौँ आइपुगेको हो ।
मतगणनाका लागि अहिले सबै पक्षसँग बैठक बसिरहेको जानकारी उनले दिए । बैठक सम्पन्न भएसँगै दिउँसो १२ बजेदेखि मतगणनाको तयारी गरिएको उनले बताए । निर्वाचन समितिका अनुसार देशभर योग्य मतदाता ९ हजार ९९७ रहेकोमा ७ हजार ९९५ मत खसेको छ ।
३ वर्षे कार्यकालका लागि २५ सदस्यीय पदाधिकारीको निर्वाचनमा सत्तापक्षीय नेकपा एमालेनिकट पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) र नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) बिच गठबन्धन भएको थियो । जसलाई राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट कानुन व्यवसायीहरूले समर्थन गरेका थिए ।
सत्तापक्षीय लोकतान्त्रिक प्रगतिशील तथा देशभक्त कानुन व्यवसायी समूह नाम दिइएको उक्त समूहबाट डीएलएका प्रा डा विजयप्रसाद मिश्र उम्मेदवार छन् भने एमालेनिकट पीपीएलएका केदार कोइराला महासचिवका उम्मेदवार छन् ।
यसैगरी प्रतिपक्षी समूह नेकपा माओवादी केन्द्र निकट गणतान्त्रिक कानुन व्यवसायी संगठन (आरपीएलए)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्वतन्त्र कानुन व्यवसायी संगठन र नेकपा एकीकृत समाजवादी निकट कानुन व्यवसायीहरूसँग मिलेर प्यानल बनाएको थिए । जसमा आरपीएलएका रमनकुमार श्रेष्ठ अध्यक्षका उम्मेदवार छन् भने रास्वपानिकट कानुन व्यवसायी यज्ञमणि न्यौपाने महासचिवका उम्मेदवार छन् । यसलाई नेकपा एसलगायतका दल निकट कानुन व्यवसायीहरूले समर्थन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण