वरिष्ठ पत्रकार रिसालको निधनप्रति प्रधानमन्त्री मर्माहत
सोमबार, २५ चैत २०८१, ११ : २३
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालको निधनको खबर सुनेर मर्माहत भएको भन्दै दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार सामाजिक सञ्जालमा लेख्दै पत्रकार रिसालको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले पत्रकार रिसालसँग फागुण २१ भेट भएको स्मरण गर्दै त्यही भेट अन्तिम हुन पुगेको बताएका छन् ।
दिवङ्गत रिसालको ९६ औँ जन्मदिनको अवसरमा भएको भेटघाटको तस्बिर सहितसहित पोस्ट गरिएको स्टाटस्मा प्रधानमन्त्री ओलीले भनेका छन्– ‘हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो, त्यही भेट अन्तिम हुन पुग्यो। उहाँको हिजो निधन भएको खबर सुनेर मर्माहत छु। वरिष्ठ पत्रकार दिवङ्गत भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण