ट्रम्प ट्यारिफका कारण भारतीय लगानीकर्ताले गुमाए केहीबेरमै २०० खर्ब भारु
नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको हप्ता भारत लगायत विश्वका कयौँ व्यापार साझेदारमाथि ट्यारिफ अर्थात् अतिरिक्त भन्सार महसुल लगाएका थिए । ट्रम्पको यस कदमपछि विश्व शेयर बजारमा पहिरो गइरहेको छ । अमेरिकादेखि युरोप र एसियासम्म सबैतिर सेयर बजार रक्ताम्मे भएका छन् ।
ट्यारिफ घोषणाको प्रभाव भारतीय सेयर बजारमा पनि देखिएको छ । सोमबार बिहान बेञ्चमार्क निफ्टीमा चार प्रतिशतभन्दा बढीको कमी देखियो । अघिल्लो दिन बजार बन्द हुँदाको तुलना निफ्टी ९७६ अंकले घटेर २१ हजार ९२८ दशमलव ५५ अङ्कमा ओर्लिएको थियो ।
अर्को मुख्य सेयर परिसूचक सेन्सेक्स पनि ३ दशमलव ९६ प्रतिशत अर्थात् २ हजार ९८५ अंकले घटी ७२ हजार ३७९ दशमलव ९३ अङ्कमा खुम्चिएको थियो । योसँगै लगानीकर्ताले २०१ खर्ब ६० अर्ब भारु गुमाए ।
ट्यारिफको प्रभावले अमेरिकी शेयर बजारमा पनि पहिलो गएको थियो । शुक्रबारको कारोबारमा अमेरिकाका प्रमुख शेयर परिसूचक ५ प्रतिशतभन्दा धेरैले घटेका थिए । सोमबार पनि बजार रक्ताम्मे हुने शेयर फयूचर्सले देखाएका छन् ।
यसैबिच अमेरिकी सेयर बजारमा आएको कमीबारे ट्रम्पले ‘म कुनै पनि चीजमा गिरावट चाहन्न, तर कहिलेकाहीँ चीजहरू ठिक गर्न औषधि खानुपर्छ,’ भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण