काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले शैक्षिक हडताल गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन् । शिक्षकहरूले सोमबार काठमाडौँको बबरमहल–माइतीघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन् ।
_c8mKcyguok.jpg)
काठमाडौँ केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गरेका छन् । महासंघले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने जनाएको छ । आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौँमा केन्द्रित भएका छन् । उनीहरूले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसुत्रीय माग पुरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।
_Sy7ISmO3Tf.jpg)
आफूहरूको मागका विषयमा प्रधानमन्त्रीले सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने महासंघको भनाइ छ । महासंघले घोषणा गरेको शैक्षिक हडताललाई विभिन्न शिक्षक संघले समेत समर्थन गरेको छ । शैक्षिक हडतालका कारण शैक्षिक गतिविधि प्रभावित भएको छ ।
_9pafrzUjPR.jpg)
_A5cGqmhpiw.jpg)
_fsUiZh6NHo.jpg)
_kRJGzIHViE.jpg)
_J5KcDHPfMz.jpg)
_D49zU0mvt4.jpg)
_ppURldw50o.jpg)
_RLlB7AEqIo.jpg)
_EDVHGZL0Td.jpg)
_frcQ9zQuDf.jpg)
_woaZkHBL1x.jpg)
_dNC1OsWLL7.jpg)
_BV43g2amYF.jpg)
_XtY1L6Uqyw.jpg)
_SGeJz3Dom8.jpg)
_joH1dB4uoi.jpg)
प्रतिक्रिया