‘नरसिंहा : अवतार’ मा यस्तो भुमिकामा देखिदै उषा

काठमाडौंँ । सन् २००० मा मिस नेपालको ताज जितेपनि उषा खड्गीले फिल्ममा डेब्यू गर्न समय लगाइन् । मिस नेपाल भएको २५ वर्षपछि उषाले फिल्ममा डेब्यू गरेकी हुन् ।
उनको डेब्यू अभिनय रहेको फिल्म ‘नरसिंहाः अवतार’ जेठको ९ गतेबाट रिलिजमा आउँदैछ ।
फिल्ममा उषाको भूमिका के होला भन्ने कौतुहलता दर्शकमा छ । यसैबिच, निर्माणपक्षले उषाको फस्टलुक सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा उषा मुस्कुराएकी छिन् । उनको पछाडि नरसिंहाको ठूलो चित्र देख्न सकिन्छ ।
फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको उषाले बताएकी छिन् । तर, फिल्ममा उनी नायक राजेश हमालको जोडीको रूपमा हुन् या होइनन् खुलेको छैन । उषाले अहिले नै यो कुरा खुलाउन नमिल्ने बताएकी छिन् ।
उसो त उषाले नायक राजेश हमालसँग म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । तर, फिल्ममा हमालसँग पर्दा शेयर गर्न पाउँदा निकै खुशी भएको र आफ्नो कामलाई दर्शकले कसरी लिनुहुन्छ भन्ने कुराले कौतुहलता बढाएको उषाको भनाई छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिषा भट्टराई, दीपा शाही लगायतका कलाकारहरूको अभिनय छ ।
यो फिल्ममा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी
-
१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड