‘नरसिंहा : अवतार’ मा यस्तो भुमिकामा देखिदै उषा
काठमाडौंँ । सन् २००० मा मिस नेपालको ताज जितेपनि उषा खड्गीले फिल्ममा डेब्यू गर्न समय लगाइन् । मिस नेपाल भएको २५ वर्षपछि उषाले फिल्ममा डेब्यू गरेकी हुन् ।
उनको डेब्यू अभिनय रहेको फिल्म ‘नरसिंहाः अवतार’ जेठको ९ गतेबाट रिलिजमा आउँदैछ ।
फिल्ममा उषाको भूमिका के होला भन्ने कौतुहलता दर्शकमा छ । यसैबिच, निर्माणपक्षले उषाको फस्टलुक सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा उषा मुस्कुराएकी छिन् । उनको पछाडि नरसिंहाको ठूलो चित्र देख्न सकिन्छ ।
फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको उषाले बताएकी छिन् । तर, फिल्ममा उनी नायक राजेश हमालको जोडीको रूपमा हुन् या होइनन् खुलेको छैन । उषाले अहिले नै यो कुरा खुलाउन नमिल्ने बताएकी छिन् ।
उसो त उषाले नायक राजेश हमालसँग म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । तर, फिल्ममा हमालसँग पर्दा शेयर गर्न पाउँदा निकै खुशी भएको र आफ्नो कामलाई दर्शकले कसरी लिनुहुन्छ भन्ने कुराले कौतुहलता बढाएको उषाको भनाई छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिषा भट्टराई, दीपा शाही लगायतका कलाकारहरूको अभिनय छ ।
यो फिल्ममा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण