नेपाल र बेलायतमा मञ्चन हुँदै नाटक ‘भीमसेन थापा’
काठमाडौँ । युगकवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्य ‘भीमसेन थापा’मा आधारित नाटक अब मञ्चन हुने भएको छ ।
नाटक बेलायत र नेपालका विभिन्न सहरमा मञ्चन हुन लागेको हो । सनम कुमार बैराग नाटकका परिकल्पना तथा निर्देशक रहेका छन् ।
बेलायतमा अप्रिल २६ देखि मे महिनाभर लन्डन, रिडिङ, विलविच, अल्डरसट, स्कटल्यान्डलगायत विभिन्न सहरहरूमा नाटक मञ्चन हुनेछ । नेपालमा भने काठमाडौँको मण्डला थिएटरमा २०८२ को दसैँ तिहारपछि हुनेछ । काठमाडौँको प्रदर्शनपछि पोखरा, चितवन, बिर्तामोड, धरानलगायत सहरमा नाटक मञ्चन हुने निर्देशक बैरागले बताए ।
नेपालको इतिहासमा भीमसेन थापा एउटा यस्तो नाम हो, जसले देशको राजनीतिक, सामाजिक, र सैनिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनी नेपालको पहिलो प्रधानमन्त्री थिए, जसले राष्ट्रको संरक्षण र स्वाधीनताका लागि अनगिन्ती सङ्घर्ष गरे । नाटकमा भीमसेन थापाको भूमिका निर्देशक बैराग आफैले निर्वाह गर्दैछन् । नाटकको सह निर्मातामा दिल घले रहेका छन् ।
करिब चार दशक नेपाली रंगमञ्चमा सक्रिय निर्देशक बैराग पछिल्लो समय लन्डन बस्दै आएका छन् । उनले केही अगाडि फिल्म ‘कैदीको पत्र’ समेत निर्देशन गरेका थिए ।
यसअघि बैरागले २०१६ देखि बेलायतमा ‘समय दृश्य’ र ‘जिगिशा’ मञ्चन गरेका थिए । ‘भीमसेन थापा’ पनि यसअघि बेलायतमा मञ्चन भएको थियो । अहिले पुनः मञ्चन हुन लागेको निर्देशक बैरागले बताए ।
नाटकका लागि संगीतकार तारा प्रकाश लिम्बूले संगीत भरेका छन् । नृत्यको संयोजन कोरियोग्राफर चरण प्रधानले गर्नेछन् । नाटकमा सामन्ता तामाङ, सुरेश श्रेष्ठ, गोपाल बस्नेत र सुशन गुरुङ लगायतको अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण