नेपाल र बेलायतमा मञ्चन हुँदै नाटक ‘भीमसेन थापा’

काठमाडौँ । युगकवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्य ‘भीमसेन थापा’मा आधारित नाटक अब मञ्चन हुने भएको छ ।
नाटक बेलायत र नेपालका विभिन्न सहरमा मञ्चन हुन लागेको हो । सनम कुमार बैराग नाटकका परिकल्पना तथा निर्देशक रहेका छन् ।
बेलायतमा अप्रिल २६ देखि मे महिनाभर लन्डन, रिडिङ, विलविच, अल्डरसट, स्कटल्यान्डलगायत विभिन्न सहरहरूमा नाटक मञ्चन हुनेछ । नेपालमा भने काठमाडौँको मण्डला थिएटरमा २०८२ को दसैँ तिहारपछि हुनेछ । काठमाडौँको प्रदर्शनपछि पोखरा, चितवन, बिर्तामोड, धरानलगायत सहरमा नाटक मञ्चन हुने निर्देशक बैरागले बताए ।
नेपालको इतिहासमा भीमसेन थापा एउटा यस्तो नाम हो, जसले देशको राजनीतिक, सामाजिक, र सैनिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनी नेपालको पहिलो प्रधानमन्त्री थिए, जसले राष्ट्रको संरक्षण र स्वाधीनताका लागि अनगिन्ती सङ्घर्ष गरे । नाटकमा भीमसेन थापाको भूमिका निर्देशक बैराग आफैले निर्वाह गर्दैछन् । नाटकको सह निर्मातामा दिल घले रहेका छन् ।
करिब चार दशक नेपाली रंगमञ्चमा सक्रिय निर्देशक बैराग पछिल्लो समय लन्डन बस्दै आएका छन् । उनले केही अगाडि फिल्म ‘कैदीको पत्र’ समेत निर्देशन गरेका थिए ।
यसअघि बैरागले २०१६ देखि बेलायतमा ‘समय दृश्य’ र ‘जिगिशा’ मञ्चन गरेका थिए । ‘भीमसेन थापा’ पनि यसअघि बेलायतमा मञ्चन भएको थियो । अहिले पुनः मञ्चन हुन लागेको निर्देशक बैरागले बताए ।
नाटकका लागि संगीतकार तारा प्रकाश लिम्बूले संगीत भरेका छन् । नृत्यको संयोजन कोरियोग्राफर चरण प्रधानले गर्नेछन् । नाटकमा सामन्ता तामाङ, सुरेश श्रेष्ठ, गोपाल बस्नेत र सुशन गुरुङ लगायतको अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अब नेपालमै सबैथोक छ भन्ने भाष्य स्थापित गर्न चाहन्छु’ (भिडियोसहित)
-
इन्स्पेक्टर खनालको नयाँ गीत 'मन सानो' सार्वजनिक
-
‘जुठे’ टेलिश्रृखलाबाट बाहिरिए राजु मास्टर
-
एमाले धनुषा अधिवेशनमा मतपत्र च्यात्नेदेखि कुर्सी तोडफोडसम्म
-
पर्यटकले गुलजार काठमाडौँ (फोटोफिचर)
-
होपको कप्तानीमा क्यारेबियन टोलीको घोषणा, अटाएनन् आईपीएल खेलिरहेका हेटमायर