मुम्बईबाट उडेको विमानमा एक महिलाको मृत्यु
नयाँ दिल्ली । इन्डिगो एयरलाइन्सको उडानमा ८९ वर्षीया एक वृद्धाको मृत्यु भएको छ । वृद्धाको मृत्युपछि विमानलाई महाराष्ट्रको छत्रपति संभाजीनगर विमानस्थलमा आपतकालीन अवतरण गर्न लगाइएको थियो ।
आइतबार राति मुम्बई–वाराणसी उडानलाई चिकलथाना विमानस्थलमा आपतकालीन अवतरण गरिएको विमानस्थलका एक अधिकारीले सोमबार बताएका छन् ।
उत्तर प्रदेशको मिर्जापुरकी मूल निवासी सुशीला देवी मुम्बईबाट उडानमा चढेकी थिइन् । विमान आकाशमै रहँदा उनको स्वास्थ्य बिग्रन थाल्यो । स्वास्थ्य आपतकालीन अवस्थाका कारण उडान राति करिब १० बजे चिकलथाना विमानस्थलमा अवतरण गरियो । अवतरणको समयमा मेडिकल टोलीले महिलाको जाँच गरेको थियो तर त्यतिन्जेलसम्म उनको मृत्यु भइसकेको थियो ।
एमआईडीसी सिडको प्रहरी चौकीमा आवश्यक औपचारिकताहरू पूरा गरेर विमान पुनः वाराणसीको लागि प्रस्थान गरेको अधिकारीले बताएका छन् । एयरलाइन्सका अनुसार महिलाको शव छत्रपति संभाजीनगरस्थित सरकारी मेडिकल कलेज तथा अस्पतालमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण