मुम्बईबाट उडेको विमानमा एक महिलाको मृत्यु

नयाँ दिल्ली । इन्डिगो एयरलाइन्सको उडानमा ८९ वर्षीया एक वृद्धाको मृत्यु भएको छ । वृद्धाको मृत्युपछि विमानलाई महाराष्ट्रको छत्रपति संभाजीनगर विमानस्थलमा आपतकालीन अवतरण गर्न लगाइएको थियो ।
आइतबार राति मुम्बई–वाराणसी उडानलाई चिकलथाना विमानस्थलमा आपतकालीन अवतरण गरिएको विमानस्थलका एक अधिकारीले सोमबार बताएका छन् ।
उत्तर प्रदेशको मिर्जापुरकी मूल निवासी सुशीला देवी मुम्बईबाट उडानमा चढेकी थिइन् । विमान आकाशमै रहँदा उनको स्वास्थ्य बिग्रन थाल्यो । स्वास्थ्य आपतकालीन अवस्थाका कारण उडान राति करिब १० बजे चिकलथाना विमानस्थलमा अवतरण गरियो । अवतरणको समयमा मेडिकल टोलीले महिलाको जाँच गरेको थियो तर त्यतिन्जेलसम्म उनको मृत्यु भइसकेको थियो ।
एमआईडीसी सिडको प्रहरी चौकीमा आवश्यक औपचारिकताहरू पूरा गरेर विमान पुनः वाराणसीको लागि प्रस्थान गरेको अधिकारीले बताएका छन् । एयरलाइन्सका अनुसार महिलाको शव छत्रपति संभाजीनगरस्थित सरकारी मेडिकल कलेज तथा अस्पतालमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण