धरानको खानेपानी समस्या समाधानका लागि पहल भइरहेको छ– खानेपानीमन्त्री
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले धरानका नागरिकको वर्षौँदेखिको खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् ।
आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) नेतृत्वको एक प्रतिनिधिमण्डलले खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि बजेट विनियोजन गर्न आग्रहसहितको मागपत्र पेस गरेपछि मन्त्री यादवले उक्त कुरा बताएका हुन् ।
मन्त्री यादवले भने, 'धरानका नागरिकको खानेपानीको समस्याका विषयमा म सहित सिङ्गो मन्त्रालय जानकार छ । त्यहाँको खानेपानीको दीर्घकालीन रूपमा समाधान गर्नेतर्फ हामी लागिरहेका छौँ । समस्या समाधान गछौँ ।'
मन्त्री यादवले धरानको खानेपानीको समस्याका विषयमा आफू पहिलेदखि नै जानकार रहेकाले त्यहाँको खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधानका लागि दातृ निकायसँगको सहयोगमा समाधान गरिने आश्वासन दिएका थिए ।
नगरप्रमुख साम्पाङ नेतृत्वको एक प्रतिनिधिमण्डलले धरानको खानेपानी समस्याबारे विशेष ध्यानाकर्षण गराउँदै आगामी आर्थिक वर्ष २०८२/०८३ मा धरानमा खानेपानीका लागि बजेट विनियोजन गरिदिन मात्रपत्र बुझाएका थिए ।
गर्मी मौसम सुरु भएकाले अहिले धरानमा खानेपानीको निकै काकाकुल अवस्था सिर्जना भएको तथा पानी नभएका कारण नागरिकलाई साह्रै दु:ख भएको नगरप्रमुख राईले बताए । उनले भने, 'पानीको समस्या पहिलेदेखि नै थियो, अहिले गर्मी सुरु भएकाले झन् समस्या भयो, स्थायी रूपमा पानीको समस्या समाधनका लागि बजेट माग गरेका छौँ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण