भारतमा एक्कासि किन बढाइयो घरेलु ग्यास सिलिन्डरको मूल्य ?
सोमबार, २५ चैत २०८१, २१ : ५३
नयाँ दिल्ली । भारतमा घरेलु ग्यास सिलिन्डर मूल्य ५० रुपैयाँ भारुले महँगिएको छ । आज सोमबार पेट्रोल मन्त्री हरदीप सिंह पुरीले यसबारे जानकारी दिएका भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
हाल दिल्लीमा प्रतिसिलिन्डर ८०३ रुपैयाँ भारुमाउपलब्ध छ । मूल्यवृद्धिपछि सिलिन्डरको मूल्य ८ सय ५३ रुपैयाँ हुनेछ भने उज्ज्वला योजनाका लाभार्थीका लागि ग्यास सिलिन्डरको मूल्य ५ सयबाट बढेर ५५० रुपैयाँ हुनेछ ।
पछिल्लो पटक भारत सरकारले ८ मार्च २०२४ मा महिला दिवसका दिन सिलिन्डरको मूल्य १ सय रुपैयाँ घटाएको थियो। त्यसबेला दिल्लीमा सिलिन्डरको मूल्य ९०३ रुपैयाँ थियो।
किन बढाइयो ?
मूल्यवृद्धिबारे पेट्रोलियम मन्त्रीले भने, 'मूल्यभन्दा कम सिलिन्डर बिक्री गर्दा तेल मार्केटिङ कम्पनीहरूले झण्डै ४१ हजार करोड भारु घाटा बेहोरेका छन् । यो घाटा कम गर्न मूल्यवृद्धि गर्ने निर्णय भएको हो ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण