विवाद समाधान नहुँदा सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय

काठमाडौँ । सत्तारूढ पक्ष र प्रतिपक्षी दलहरूबिचको विवाद समाधान नहुँदा सुदूरपश्चिम प्रदेश सरकारले सोमबार रातिदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्यको सिफारिस गर्दै प्रदेश प्रमुख नजिर मियाँसमक्ष प्रस्ताव पेस गरेको थियो। सोही अनुसार प्रदेश प्रमुख मियाँले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्यको निर्णय गरेका हुन्।
गत साउन २७ गतेदेखि सुरु भएको पाँचौँ अधिवेशन पछिल्लो समयमा प्रभावकारी रूपमा सञ्चालन हुन सकेको थिएन। प्रतिपक्षी दलहरूले सरकारले विभिन्न नियुक्ति र खर्च बढाउने निर्णयहरू लिएको भन्दै लगातार सभाको बैठक अवरुद्ध गर्दै आएका थिए।
सुदूरपश्चिम प्रदेशमा हाल नेपाली कांग्रेसको नेतृत्वमा एमाले र नागरिक उन्मुक्ति पार्टीको सहभागिता रहेको संयुक्त सरकार सञ्चालनमा छ। माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा तथा स्वतन्त्र सांसदहरू प्रतिपक्षी भूमिकामा रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर