विवाद समाधान नहुँदा सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय
काठमाडौँ । सत्तारूढ पक्ष र प्रतिपक्षी दलहरूबिचको विवाद समाधान नहुँदा सुदूरपश्चिम प्रदेश सरकारले सोमबार रातिदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्यको सिफारिस गर्दै प्रदेश प्रमुख नजिर मियाँसमक्ष प्रस्ताव पेस गरेको थियो। सोही अनुसार प्रदेश प्रमुख मियाँले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्यको निर्णय गरेका हुन्।
गत साउन २७ गतेदेखि सुरु भएको पाँचौँ अधिवेशन पछिल्लो समयमा प्रभावकारी रूपमा सञ्चालन हुन सकेको थिएन। प्रतिपक्षी दलहरूले सरकारले विभिन्न नियुक्ति र खर्च बढाउने निर्णयहरू लिएको भन्दै लगातार सभाको बैठक अवरुद्ध गर्दै आएका थिए।
सुदूरपश्चिम प्रदेशमा हाल नेपाली कांग्रेसको नेतृत्वमा एमाले र नागरिक उन्मुक्ति पार्टीको सहभागिता रहेको संयुक्त सरकार सञ्चालनमा छ। माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा तथा स्वतन्त्र सांसदहरू प्रतिपक्षी भूमिकामा रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण