काठमाडौँ । तीनकुनेमा चैत १५ मा दुर्गा प्रसाईँ र नवराज सुवेदी नेतृत्वको समूहले गरेको प्रदर्शनको असर बल्खुमा देखिएको छ । राप्रपाले आयोजना गरेको प्रदर्शन स्थल आसपासमा स्थानीय व्यापारीले सटर बन्द गरेका छन् ।
_ODcDuJm96C.jpg)
प्रदर्शन स्थलमा झडप र तोडफोड हुने त्रासले व्यापारीहरूले सटर बन्द गरेका हुन् । तीनकुनेमा प्रदर्शनकारीले निजी सवारी साधन र घरमा तोडफोड तथा आगजनी गरेका थिए । बल्खुमा पनि सो घटना दोहोरिन सक्ने भन्दै व्यापारीहरू त्रसित बनेका छन् ।
_CcBxAWgFrv.jpg)
प्रदर्शनस्थलको सुरक्षा गर्न बल्खु क्षेत्रमा २ हजार भन्दा धेरै प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहरा भन्छन्, ‘प्रदर्शन स्थलको शान्ति सुरक्षा मजबुत बनाएका छौँ ।’
_oTZ3uHmn46.jpg)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पनि बल्खु क्षेत्रमा आयोजित प्रदर्शन शान्तिपूर्ण हुने उद्घोष गरेका छन् । उनले भनेका छन्, ‘राप्रपा हिंसामा विश्वास गर्दैन, हाम्रो खबरदारी सभा शान्तिपूर्ण हुनेछ ।
_hDdXyMwu6O.jpg)
_v9CMYAgO1i.jpg)
_A3PEvSrTD4.jpg)
_Ojx77T6te7.jpg)
_ERTKfeeqBg.jpg)
_66aWXwPpQj.jpg)
_76MjfzObHz.jpg)
_XJyMq1TsR3.jpg)
_hPr9yDgHJC.jpg)
प्रतिक्रिया