मधेस प्रदेशमा अझै कुप्रथाले जरा गाडेको छ : प्रधानमन्त्री
वीरगन्ज । मधेस प्रदेशमा अहिले पनि बोक्सीसहित विभिन्न कुप्रथाले जरा गाडेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । मंगलबार मधेस सभाको २१ औँ बैठकलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।
उनका अनुसार यो प्रदेशमा अझ पनि बोक्सीको समस्या धेरै छ । उनले भने, ‘यो एकदम नहुने, नचाहिने कुरा हो । यदि कोही बोक्सी छ भने म च्यालेन्ज गर्न चाहन्छु । मलाइ गाली गर्नुको साटो बोक्सी लगाए हुन्छ ।’
प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बोक्सीको कुरा हावादारी भएको सुनाएका छन् । त्यस कारण यो सबको पछाडि नलाग्न उनको आग्रह छ ।
प्रदेश सभाबाट प्रधानमन्त्री ओलीले मधेसमा बाल विवाह, दाइजो प्रथा जस्ता गलत प्रथा रहेकोले यो सबलाई हटाउन जरुरी रहेको उनको भनाइ छ ।
अब यसलाई रोक्न र निराकरण गर्नका लागि जनप्रतिनिधिहरूले नै जनस्तरमा जनचेतना जगाउन जरुरी रहेको उनको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण