मधेस प्रदेशमा अझै कुप्रथाले जरा गाडेको छ : प्रधानमन्त्री

वीरगन्ज । मधेस प्रदेशमा अहिले पनि बोक्सीसहित विभिन्न कुप्रथाले जरा गाडेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । मंगलबार मधेस सभाको २१ औँ बैठकलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।
उनका अनुसार यो प्रदेशमा अझ पनि बोक्सीको समस्या धेरै छ । उनले भने, ‘यो एकदम नहुने, नचाहिने कुरा हो । यदि कोही बोक्सी छ भने म च्यालेन्ज गर्न चाहन्छु । मलाइ गाली गर्नुको साटो बोक्सी लगाए हुन्छ ।’
प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बोक्सीको कुरा हावादारी भएको सुनाएका छन् । त्यस कारण यो सबको पछाडि नलाग्न उनको आग्रह छ ।
प्रदेश सभाबाट प्रधानमन्त्री ओलीले मधेसमा बाल विवाह, दाइजो प्रथा जस्ता गलत प्रथा रहेकोले यो सबलाई हटाउन जरुरी रहेको उनको भनाइ छ ।
अब यसलाई रोक्न र निराकरण गर्नका लागि जनप्रतिनिधिहरूले नै जनस्तरमा जनचेतना जगाउन जरुरी रहेको उनको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ
-
कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते
-
अन्तर्राष्ट्रिय श्रमिक दिवस र नेपाली श्रमिकको अवस्था
-
श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री
-
कैलालीमा गहुँ उत्पादन घट्यो
-
आधा छोटो बनाइयो सरकारको नीति तथा कार्यक्रम, भोलि सार्वजनिक हुने