सविनकी श्रीमतीलाई भाटभटेनीमा जागिर, परिवारलाई घरमै पुगेर चेक हस्तान्तरण
मङ्गलबार, २६ चैत २०८१, १६ : २६

काठमाडौँ । तीनकुने घटनामा परेर ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनकी श्रीमती भविसालाई भाटभटेनी सुपरमार्केटले जागिर दिने भएको छ। मंगलबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले यस्तो बताएका हुन् ।
भाटभटेनीले यसअघि नै तीनकुने घटनामा ज्यान गुमाएका मध्ये पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख रुपैयाँ र महर्जनको परिवारलाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग घोषणा गरेको थियो । अध्यक्ष गुरुङले आज दुवै परिवारलाई घरमै पुगेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । सो क्रममा उनले यो दुःखद समयमा साथ दिन आफू उपस्थित भएको बताएका थिए ।
राजावादी समूहले चैत १५ गते तीनकुनेमा गरेको हिंस्रक प्रदर्शनका क्रममा सविनको गोली लागेर मृत्यु भएको थियो भने सुरेशको आगोमा जलेर मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको आणविक वार्तामा भोलि हुने भनिएको बैठक स्थगित
-
फिल्म ‘जार’ मा अभिनेत्री गीताञ्जली को हुन् ?
-
तने बोडीमा भेटियो ९५ प्रतिशत विषादी
-
एनआरएनएको एकता महाधिवेशन विवादसम्बन्धी मुद्दा उच्च अदालतमा पनि
-
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा
-
पहलगाम आक्रमणपछि भारतमा १० लाख साइबर हमला