आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय

बार निर्वाचन : काठमाडौँ, पाटन र ललितपुर बाहेकको गणना सकियो

मङ्गलबार, २६ चैत २०८१, २१ : १९
मङ्गलबार, २६ चैत २०८१

काठमाडौँ । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको दोस्रो दिनको मतगणना सकिएको छ ।

निर्वाचन समितिका निर्वाचन अधिकृत वरिष्ठ अधिवक्त ताराबहादुर सिटौलाका अनुसार काठमाडौँ र ललितपुर जिल्ला तथा पाटन उच्च बारबाहेकका स्थानको मतगणना सकिएको हो । 

हालसम्मको परिणाअनुसार नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीको प्यानल लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले नेकपा माओवादी निकट व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई दोब्बर मतले लिड गरेका छन् । 

मिश्रले दुई हजार ८८२ मत प्राप्त गर्दा श्रेष्ठले प्राप्त गरेको मत एक हजार ४२५ छ । उनीहरूबीचको मतान्तर एक हजार ४५७ रहेको छ । 

भोलि बिहान ८ बजेदेखि पुनः मतगणना सुरु गरिने जानकारी सिटौलाले दिए । सम्भवतः बिहीबारसम्म सबै मतगणना सकिएर सोही दिन नतिजा सार्वजनिक गरिने उनले बताए । बार निर्वाचनमा बार निर्वाचनमा ७ हजार ९९५ मत खसेको थियो ।

3

2

1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप