बार निर्वाचन : काठमाडौँ, पाटन र ललितपुर बाहेकको गणना सकियो
काठमाडौँ । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको दोस्रो दिनको मतगणना सकिएको छ ।
निर्वाचन समितिका निर्वाचन अधिकृत वरिष्ठ अधिवक्त ताराबहादुर सिटौलाका अनुसार काठमाडौँ र ललितपुर जिल्ला तथा पाटन उच्च बारबाहेकका स्थानको मतगणना सकिएको हो ।
हालसम्मको परिणाअनुसार नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीको प्यानल लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले नेकपा माओवादी निकट व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई दोब्बर मतले लिड गरेका छन् ।
मिश्रले दुई हजार ८८२ मत प्राप्त गर्दा श्रेष्ठले प्राप्त गरेको मत एक हजार ४२५ छ । उनीहरूबीचको मतान्तर एक हजार ४५७ रहेको छ ।
भोलि बिहान ८ बजेदेखि पुनः मतगणना सुरु गरिने जानकारी सिटौलाले दिए । सम्भवतः बिहीबारसम्म सबै मतगणना सकिएर सोही दिन नतिजा सार्वजनिक गरिने उनले बताए । बार निर्वाचनमा बार निर्वाचनमा ७ हजार ९९५ मत खसेको थियो ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण