सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा भने तालाबन्दी
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन बुधबार भइरहेको छ। विश्वविद्यालयको केन्द्रीय अनुगमन तथा समन्वय समितिद्वारा सार्वजनिक गरिएको तालिकाअनुसार आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो।
निर्वाचन केन्द्रीय क्याम्पससहित १६ वटा क्याम्पसमा तोकिएको थियो। तर, केन्द्रीय क्याम्पसमा उत्पन्न विवादका कारण निर्वाचन स्थगित गरिएको छ। त्यस्तै, तीन क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ।
कैलालीको कैलाली, दुर्गालक्ष्मी र टीकापुर बहुमुखी क्याम्पस, डडेल्धुराको त्रिवेणी, बैतडीको जगन्नाथ, पाटन र मणीलेक बहुमुखी क्याम्पस, अछामको जनता बहुमुखी क्याम्पस, डोटीको घण्टेश्वर, दार्चुलाको गोकुलेश्वर र दार्चुला बहुमुखी क्याम्पस तथा बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढाइएको छ।
तर, विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा भने अनेरास्ववियू (एकीकृत समाजवादीनिकट) र अखिल समाजवादी (नेकपा निकट) ले संयुक्त रूपमा निर्वाचन संयोजकको कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरूले वास्तविक विद्यार्थीलाई मतदानबाट वञ्चित गराउने प्रयास भएको आरोप लगाउँदै विरोधस्वरूप तालाबन्दी गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण