बार निर्वाचनमा मिश्र प्यानलको २५ वटै पदमा अग्रता
काठमाडौँ । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको तेस्रो दिनको मतगणना जारी छ ।
निर्वाचन समितिका अनुसार पछिल्लो पटक काठमाडौँ जिल्ला बारमा खसेको ६४८ मत गनिएको छ ।
अब ललितपुर जिल्ला तथा पाटन उच्च बारको मात्रै गणना बाँकी छ । दुई मतदान केन्द्रको मतगणना बाँकी रहँदा हालसम्मको परिणाअनुसार नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीको प्यानल लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रको प्यानलले २५ वटै पदमा फराकिलो अग्रता बनाइरहेको छ ।
३ हजार ९९५ मत गन्न बाँकी रहँदा मिश्रले ३ हजार ३८९ मत पाएका छन् । यस्तै नेकपा माओवादी निकट व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले पाएको मत एक हजार ५४१ रहेको छ ।
उनीहरूबीचको मतान्तर एक हजार ८४८ रहेको छ । यसैगरी महासचिवमा वरिष्ठ अधिवक्ता केदार कोइरालाले तीन हजार २५४ मत प्राप्त गर्दा यज्ञमणि न्यौपानेले पाएको मत एक हजार ३९९ रहेको छ ।
सम्भवतस् बिहीबारसम्म सबै मतगणना सकिएर सोही दिन नतिजा सार्वजनिक गरिने उनले बताए ।
बार निर्वाचनमा ७ हजार ९९५ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण