दाजुभाइबिच जग्गा विवादः बन्दुक चलाउन खोज्दा पक्राउ
वीरगञ्ज । पर्सामा जग्गाको विषयमा विवादमा भएको दाजुभाइको झगडामा बन्दुक निकालेर चलाउन खोज्ने एक जना ज्येष्ठ नागरिक पक्राउ परेका छन् ।
सखुवा प्रसौनी गाउँपालिका–६ एकडर्वा बस्ने ६० वर्षीय वीरेन्द्र यादवलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।
बुधबार गाउँमा जग्गाको विषयमा दाजुभाइबिच विवाद भइरहँदा दाजु वीरेन्द्रले आफूसँग भएको कटुवा पेस्तोल निकालेर चलाउन खोजेका थिए । बन्दुक प्रहार गर्न खोज्दा घटनास्थलमा प्रहरी पुगेको र उनलाई तत्काल पक्राउ गएिको पर्सा प्रहरी प्रवक्ता लम्सालले जनाए ।
दाजुभाइबिच खेतमा विवाद भएको थियो । खेतमा वीरेन्द्र मोटरसाइकल चढेर गएका थिए । प्रहरीको उनको उक्त मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
यादवलाई एक थान कटुवा पेस्तोल र तीन राउन्ड गोलीसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्लाको महुवन प्रहरी चौकीबाट खटिएको टोलीले सखुवा प्रसौनीबाट उनलाई पक्राउ गरेको हो । यादवलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ ।
उनीमाथि हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण