५ सय ६० मत गन्न बाँकी रहँदा बारको गणना स्थगित
काठमाडौँ । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिमा प्रा.डा. विजयप्रसाद मिश्रको प्यानल आउने सुनिश्चित भएको छ ।
अब ललितपुर बार एसोसिएसन केन्द्रको ५६० मत मात्र गन्न बाँकी छ ।
तेस्रो दिनको मतगणना आजका लागि स्थगित भएको छ । बाँकी रहेको मत भोलि मात्र गणना हुनेछ । भोलि निर्वाचन समितिले मिश्र नेतृत्वको प्यानललाई निर्वाचित भएको घोषणा गर्नेछ ।
निर्वाचन समितिका निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाका अनुसार मिश्रले ४ हजार ८९१ मत ल्याउँदा उनका प्रतिस्पर्धी श्रेष्ठले दुई हजार २२९ मत पाएका छन् । दुईबीचको अन्तर दुई हजार ६६३ मत रहेको छ ।
महासचिव पदमा पनि मिश्र प्यानलका वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाको जित निश्चित देखिएको छ।
यस्तै, कोषाध्यक्षमा मिश्र प्यानलकै अधिवक्ता जगतबहादुर कार्की विजयी बन्नेछन्। केही मत गणना बाँकी रहे पनि मिश्र प्यानलका सबै २५ उम्मेदवारले निर्णायक अग्रता बनाइसकेकाले सम्पूर्ण प्यानलको जित सुनिश्चित भइसकेको छ ।
अन्तिम गणना सम्पन्न भएपछि निर्वाचन समितिले बिहीबार आधिकारिक परिणाम सार्वजनिक गर्नेछ ।
निर्वाचन समितिका अनुसार शनिबार सम्पन्न निर्वाचनमा ७ हजार ९९५ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण