सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझै सुधार गर्नुपर्छ–प्रदेश प्रमुख
धनगढी । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले सरकारी तथा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अझै सुधार्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा अभिभावक दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाँले विगतको तुलनामा शैक्षिक गुणस्तरमा सुधार भए पनि त्यो पर्याप्त नभएको धारणा राखे ।
'सरकारी तथा सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बढ्दै गएको छ, तर अझै धेरै गर्न बाँकी छ,' प्रदेश प्रमुख मियाँले भने, 'यदि हामीले गुणस्तरीय शिक्षा दिन सक्यौं भने अभिभावकहरू निजी विद्यालय रोज्न बाध्य हुने अवस्था हट्नेछ।'
उनले सुदूरपश्चिम प्रदेश सबै क्षेत्रमा अब्बल बन्दै गएको पनि उल्लेख गरे । प्रदेशलाई ‘सुन्दर पश्चिम’ का रूपमा विकास गरिनुपर्नेमा पनि जोड दिए ।
उक्त कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम, विशेषाधिकार समिति सभापति तुलसी देवकोटा, र गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट लगायतले पनि शैक्षिक सुधार आजको आवश्यकता भएको बताएका थिए । उनीहरूले प्राविधिक शिक्षामा विशेष जोड दिनुपर्नेमा सहमति जनाए ।
तीन दिनसम्म सञ्चालन हुने स्वर्ण महोत्सवका अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ। साथै विभिन्न झाँकी र विविध समुदायको सांस्कृतिक पहिचान झल्काउने नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण