सुनसरी मोरङका उद्योगीद्वारा अर्थमन्त्रीलाई औद्योगिक वातावरण सुधारको माग
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरूले आगामी आर्थिक वर्षको बजेट औद्योगिक वातावरणलाई विश्वासयोग्य बनाउन सक्ने गरी ल्याइदिन माग गरेका छन् । आगामी आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले ल्याउने बजेटका सन्दर्भमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेरै उद्योगीहरूले लिखित सुझाव दिएका हुन् ।
अर्थमन्त्री पौडेलसँग उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठसहित टोलीले भेटघाट गरेको हो । त्यस क्रममा उद्योग व्यवसाय क्षेत्रले भोग्दै आएका समस्यालाई समाधान गर्न सक्ने बजेटका प्रावधान राखिदिन अनुरोध गरिएको हो ।
उद्योग व्यवसाय क्षेत्रले अहिले पनि ६ देखि ८ घण्टासम्मको लोडसेडिङ भोग्दै आएकाले प्रसारण लाइन जस्ता पूर्वाधारमा लगानी विस्तार गर्न, जलाशययुक्त आयोजनालाई सम्पूर्ण लगानी फोकस गर्न अनुरोध गरिएको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले जानकारी दिए । उनले उद्योगी व्यवसायीहरूलाई राज्यले भुक्तानी गर्नुपर्ने छुट सहुलियत, निर्यात अनुदान जस्ता रकमहरूमा विलम्ब हुने गरेको भन्दै नीतिगत स्थिरता कायम गराउन पहल गरिदिन आग्रह गरिएको बताए ।
यसै गरी विराटनगरमा कार्गोरेल सञ्चालनका लागि हेण्डलिङ शुल्कको मूल्य परिमार्जन गरेर सञ्चालनमा ल्याउन समेत लिखित सुझावमा उल्लेख गरिएको छ । कुल व्यापार लागतमा लजिष्टक खर्च ३० प्रतिशतभन्दा बढी रहेको उद्योगीले अर्थमन्त्रीलाई जानकारी दिए । कोशी प्रदेशकै गेम चेञ्जरको रूपमा रहेको विराटनगर कार्गो रेलको हेण्डलिङ शुल्क नेपाल सरकारले परिमार्जन गर्न सक्ने उनीहरूको दाबी छ । यसै गरी उद्योगको कच्चा पदार्थ र तयारी वस्तुबिच भन्सार दरको फरक कुनैमा ३ तह र कुनैमा एक तहको मात्रै रहेको जानकारी दिँदै यसलाई समान बनाउन समेत सुझावमा उल्लेख गरिएको छ ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले आय कर ऐन २०५८ को दफा ५७ लाई समयानुकुल संशोधन गरि आर्थिक संकटमा परेका लघु घरेलु तथा साना र मझौला उद्योगहरूमा पुँजी थप गर्ने वातावरण सिर्जना गरिदिन अनुरोध गरेको बताए । उनले स्टार्टअपमा प्रतिव्यवसाय १ लाखसम्म बीउ पुँजी अनुदान स्वरूप उपलब्ध गराउँदा आयकरमा छुट दिने व्यवस्था कायम अनुरोध गरेका छन् ।
प्रतिनिधि मण्डलमा उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष विपिन कावरा, मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष नवीन रिजाल, उपाध्यक्ष अनिल सारडाको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण