विद्युत् अवरुद्ध हुँदा कर्णालीमा नेपाल टेलिकमको सेवा सञ्चालनमा कठिनाइ
सुर्खेत । कर्णालीमा विद्युत् आपूर्ति नहुँदा नेपाल टेलिकमको सेवाहरू सञ्चालन गर्न कठिनाइ भइरहेको छ । नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेतका अनुसार बिहीबार बिहानदेखि केही स्थानका सेवाहरू सञ्चालन हुन सकेको छैन ।
बुधवार रातिको हावाहुरीले गर्दा कर्णालीमा रातिदेखि नै विद्युत् अवरुद्ध छ । विद्युत् प्राधिकरणका अनुसार हावाहुरी सहितको पानीको कारण कोहलपुर-सुर्खेत ३३ केभी र कुइने-बाबियाचौर-वीरेन्द्रनगर ३३ केभी दुबै खण्डमा समस्या आएको छ ।
विद्युत् आपुर्ति नहुँदा कतिपय स्थानका उपकरणहरु संचालनको लागि आवश्यक ब्याट्री पावर व्याकअप न्युन हुन गई कम्पनीको सेवाहरू अवरुद्ध हुन पुगेको टेलिकमका प्रादेशिक निर्देशक मधुसुदन दाहालले बताए।
कम्पनीले सम्भव भएसम्म Portable Generator मार्फत सेवा सञ्चालन गर्न हर प्रयास गरेको समेत उनले बताए । विद्युत् अवरुद्ध हुने बित्तिकै कर्णालीमा नेट, इन्टरनेटमा समेत समस्या आउने गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यार्सा सङ्कलन गर्ने समूहबिच डोल्पामा झडप, २ राउन्ड हवाई फायर
-
कमल राणा : विशेष विवाह विधेयक प्रस्तुत गरिन्, जनमत नआउँदै संसद् भंग हुँदा दुखी भइन्
-
हामी समाजवादी क्रान्तिको आधार तयार पार्ने प्रक्रियामा छौँ : प्रचण्ड
-
‘खलिल जिब्रानको द प्रोफेट मेरा निम्ति किताब मात्र होइन, मन्त्र पनि हो’
-
सहकारी अपचलनमा संलग्नलाई छुट दिइँदैन : मुख्यमन्त्री कार्की
-
देशमा केही भएन भनेर भ्रम छर्ने कुरा फेसन जस्तो भयो : उपप्रधानमन्त्री सिंह