पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान
वीरगञ्ज । खुला सीमानाका कारण लागुऔषध ओसारपसार तथा सेवन रोक्ने उद्देश्यले यहाँ तीनमहिने चेतनामूलक अभियान सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा बुधबार पर्साका १४ वटै पालिकाका प्रमुख तथा उपप्रमुखको उपस्थितिमा अभियान थालिएको हो ।
त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले लागुऔषधको रोकथामको लागि सामूहिक प्रयास अपरिहार्य भएको बताए । ‘लागुऔषधको रोकथाम तथा नियन्त्रण एकल प्रयासले सम्भव हुन्न । त्यसैले सामूहिक प्रयास गर्नका लागि सबैले हातेमालो गर्न जरुरत छ ।’
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले लागुऔषधको दुर्व्यसनी रोकथामको लागि पर्साका सबै पालिका एकजुट भएरअघि बढ्नुपर्ने बताए ।
पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले लागुऔषधको कारोबारीले पर्सा जिल्लालाई ट्रान्जिटको रुपमा प्रयोग गर्दै आइरहेकाले त्यसलाई नियन्त्रण गर्न समाजका सबै वर्गको सहयोग आवश्यक हुने बताए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७९÷८० मा लागुऔषधसम्बन्धी २६९ मुद्दा दर्ता भएको थिए । चालु आवको फागुन मसान्तसम्ममा त्यस्ता मुद्दाको सङ्ख्या १०२ पुगेको छ । पर्सा प्रहरी हिरासतमा रहेका ५५ जनामध्ये २७ जना लागुऔषध मुद्दाका अभियुक्त हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण