टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए दीपेन्द्रसिंह ऐरीले
काठमाडौँ । नेपाली टोलीका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बिहीबार खेलिएको कुवेतविरुद्धको खेलपछि यो कीर्तिमान दीपेन्द्रको नाममा लेखिएको हो ।
यो खेलपछि उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकपटक पनि डक आउट (शून्य रनमा आउट) नहुने ब्याट्सम्यानको सूचीमा पहिलो स्थानमा उक्लिएका हुन् । कुवेतविरुद्धको खेल दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा खेलेको ७६ औँ खेल थियो ।
उनी यो खेलपछि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ६६ पाली खेल्दै एकपटक पनि डक आउट नहुने ब्याट्सम्यान बनेका छन् । २५ वर्षीय दीपेन्द्र वेस्ट इन्डिजका प्रभावशाली खेलाडी मार्लोन सामुएल्सलाई पछि पार्दै पहिलो स्थानमा उक्लिएका हुन् ।
मार्लोन सामुएल्स लगातार ६५ खेलमा डक आउट हुनबाट जोडिएका थिए । नेपाली टोलीका अलराउण्डर दीपेन्द्रले उनकै कीर्तिमान तोडेका हुन् ।
कुवेतविरुद्धको खेलमा दीपेन्द्रले आक्रामक पाली खेल्दै केवल १२ बलमा तीन छक्का र दुई चौकाको मद्दतले ३१ रन बनाए । उक्त खेलमा नेपालले कुवेतलाई ६ विकेटको फराकिलो अन्तरले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण