टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए दीपेन्द्रसिंह ऐरीले

काठमाडौँ । नेपाली टोलीका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बिहीबार खेलिएको कुवेतविरुद्धको खेलपछि यो कीर्तिमान दीपेन्द्रको नाममा लेखिएको हो ।
यो खेलपछि उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकपटक पनि डक आउट (शून्य रनमा आउट) नहुने ब्याट्सम्यानको सूचीमा पहिलो स्थानमा उक्लिएका हुन् । कुवेतविरुद्धको खेल दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा खेलेको ७६ औँ खेल थियो ।
उनी यो खेलपछि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ६६ पाली खेल्दै एकपटक पनि डक आउट नहुने ब्याट्सम्यान बनेका छन् । २५ वर्षीय दीपेन्द्र वेस्ट इन्डिजका प्रभावशाली खेलाडी मार्लोन सामुएल्सलाई पछि पार्दै पहिलो स्थानमा उक्लिएका हुन् ।
मार्लोन सामुएल्स लगातार ६५ खेलमा डक आउट हुनबाट जोडिएका थिए । नेपाली टोलीका अलराउण्डर दीपेन्द्रले उनकै कीर्तिमान तोडेका हुन् ।
कुवेतविरुद्धको खेलमा दीपेन्द्रले आक्रामक पाली खेल्दै केवल १२ बलमा तीन छक्का र दुई चौकाको मद्दतले ३१ रन बनाए । उक्त खेलमा नेपालले कुवेतलाई ६ विकेटको फराकिलो अन्तरले हरायो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
-
पर्वतका मल्लद्वारा पाँचौँ पटक सगरमाथाको आरोहण
-
आराध्य बने ‘युसिमास च्याम्पियन अफ दी च्याम्पियन’
-
वैचारिक रूपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमी भट्टराई
-
१० बजे १० समाचार : सकसमा गृहमन्त्री, मधेसमा कांग्रेसको आँखा
-
हजुरबुबा ज्ञानेन्द्रसँगै किन नारायणहिटी पुगे हृदयेन्द्र शाह ?