नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा
काठमाडौँ । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा सहायक तह–५ (प्राविधिक) मा कार्यरत कर्मचारी प्रेम बहादुर रावलले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार रावलले भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडिएट एजुकेशन यु.पी.) बाट हाइस्कूल परीक्षा उत्तीर्ण गरेको भनी झुटो प्रमाणपत्र प्रस्तुत गरेका थिए। सोही नक्कली प्रमाणपत्रका आधारमा उनले कम्पनीमा स्टोर सहायक तह–४ (प्रा.) मा नियुक्ति लिई पछि बढुवा भई प्रमुख स्टोर सहायक तह–५ (प्रा.) पदको सुविधा प्राप्त गरेका थिए।
उक्त कार्य भ्रष्टाचार निवारण ऐनविपरीत देखिएकोले रावलविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अनुसार कैद र जरिवानाको मागदाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण