दैनिक २५ हजार लिटर मोही खपत
काठमाडौँ । देशभरमा दुई दर्जन जति डेरी उद्योगले मोहीलाई लेबलिङ र प्याकेजिङ गरि बजारमा ल्याएका छन् ।
नेपाल डेरी एसोसिएसनले अहिले बजारमा लेबलिङ र प्याकेजिङ भएर करीब २५ हजार लिटर मोही दैनिक खपत हुने जनाएको हो । यसबाहेक झन्डै १ लाख लिटर मोही अनौपचारिक रुपमा देशभर खपत हुने उल्लेख गरेको छ ।
एसोसिएसनले चैत २८ गते आज ‘नियमित मोही सेवन स्वस्थ र फूर्तिलो जिवन’ भन्ने नाराका साथ मोही दिवस मनाएको छ ।
काठमाडौँको दरबार मार्गमा रहेको रैथाने कृषि उपज बिक्री गर्ने स्थानमा हरेक शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म परम्परागत रुपले ठेकीमा मोही तुल्याई निःशुल्क वितरण गरिरहेको छ ।
हालसम्म ८५ हप्तामा २५ हजार लिटर मोही झण्डै २ लाख जनालाई निःशुल्क सेवन गराइएको छ । सो मोही नेपाल डेरी एसोसिएसनले व्यवस्थापन गर्दै आएको छ ।
हालसम्मको हिसाबमा नेपाल डेरी एसोसिएसनले २० लाख बराबरको निःशुल्क मोही सेवन गराएको छ ।
यहि कुराको प्रभावले आम मानिसमा मोही प्रतिको मोह बढ्दै जान थाल्यो र हिजोका दिनमा मोही सेवन गर्न मन लाग्दा लुकेर सेवन गर्नुपर्दथ्यो भने आज यो अभियानले आम मानिसलाई शानसँग सार्वजनिक ठाउँमा बसि फोटो खिच्दै मोही सेवन गर्न सक्ने अवस्था सृजना भएको नेपाल डेरी एसोसिएसन एवं मोही अभियानता अध्यक्ष प्रल्हाद दाहालले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण