समाचार
त्रिविका उपकुलपतिको राजीनामापछि विश्वविद्यालय उपकुलपतिविहीन
बिहीबार, २८ चैत २०८१, १७ : ४६

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालको राजीनामा स्वीकृत भएपछि विश्वविद्यालय उपकुलपतिविहीन बनेको छ ।
विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बरालको राजीनामा स्वीकृत गरेका थिए ।
उनको राजीनामा स्वीकृत गरेसँगै विश्वविद्यालयमा निमित्त कसैलाई तोकिएको छैन। त्रिविको नियमअनुसार उपकुलपतिको राजीनामापछि रेक्टरलाई निमित्त उपकुलपति दिनुपर्ने प्रावधान छ ।
तर हाल कसैलाई पनि निमित्तको जिम्मेवारी नदिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।