माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाली डे’ मनाइँदै
काठमाडौँ । माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘नेपाली डे’ मनाइने भएको छ । नयाँ वर्ष २०८२ को अवसरमा वैशाख १ गते माल्टाको भ्यालेटामा नेपाली डे-२०२५ (नयाँ वर्ष) मनाउन लागिएको गैरआवासीय नेपाली संघ (माल्टा)का अध्यक्ष रेम्स खनालले जानकारी दिए ।
नेपालको राष्ट्रिय झन्डा फरफराउँदै, नेपालीको पहिचान झल्काउने राष्ट्रिय पोसाक लगाएर मौलिक पहिरन र पहिचानका साथ नेपाली नयाँ वर्ष भव्य रूपमा मनाउन आवश्यक तयारी लगभग पूरा भएको खनालले बताए ।
एक दिने कार्यक्रमले माल्टा र नेपाल दुई देश बीचको सम्बन्ध थप मजबुत बनाउन र नेपालमा पर्यटनको प्रवर्द्धनमा सघाउ पुग्ने उनको विश्वास छ ।
कार्यक्रमलाई व्यवस्थित रूपमा सफल पार्नकम लागि यसअघि नै संचार तथा सामाजिक संजालका लागि संयोजक पत्रकार धनराज अविरल र उप–संयोजक प्रभाकर गिरी, सांस्कृतिक विभागका लागि संयोजक रोशन गिरी, उप–संयोजक किरण बुढाथोकी, अतिथि स्वागतका लागि संयोजक सबनम गुरुङ र उप–संयोजक काब्य कटुवाल, समुदाय व्यवस्थापन संयोजकमा मधु गुरुङ, कार्यक्रम संयोजक नीरज श्रेष्ठ, उपसंयोजक विजय परियार, अतिथि निमन्त्रणाका लागि प्रकाश भण्डारी, भुवन अर्याल, रेम्स खनाल र हरि बिसीलाई जिम्मा दिइएको छ । यातायात व्यवस्थापन सत्यनारायण झालाई दिइएको छ ।
र्याली तथा सहभागिताको लागि संयोजक टिका श्रेष्ठ र उप–संयोजक ज्ञान बहादुर लामा, प्राविधिक तर्फ संयोजक आकाश गुरुङ र उप–संयोजक भरत अर्याललाई जिम्मेवारी तोकिएको थियो ।
नेपाल–माल्टा पर्यटनदूत प्रकाश भण्डारीले कार्यक्रम सफल बनाउन सबै माल्टाबासी नेपाली समुदाय एकजुट भएको बताउँदै यसले माल्टामा नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
यसपालिको नेपाल डे कार्यक्रममा माल्टा सरकारबाट पर्यटन मन्त्रालयका सचिव, माल्टा सरकारका सांसदहरू, सगरमाथा आरोहण गरिसकेका माल्टिज नागरिक, माल्टिज माउन्टेनीयरिङ्ग एशोसिएसनका अध्यक्ष, अवैतनिक वाणिज्य दूत, नेपाल भ्रमण गरिसकेका माल्टिज नागरिकहरू, स्थानीय काउन्सिलका मेयर, मिस माल्टाका प्रतिनिधि, इमिग्रेशन सम्बन्धी कानुनी विज्ञहरू लगायत नेपालसँग सम्बन्धित विभिन्न क्षेत्रमा चासो राख्ने माल्टिज नागरिकहरूले सम्बोधन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण