अख्तियारलाई हर्क साम्पाङले पठाए जवाफ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीमा धरानमा जारी विभिन्न योजनाहरूमा आर्थिक अनियमितता भएको भन्दै परेको उजुरीमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मेलम्ची, दमक टावर, एनसेल र वाइडबडी घोटालाजस्ता कुरातिर नलागेर श्रमदानको खेदो नखन्न आग्रह गर्दै पत्राचार गरेका छन् ।
उनीविरुद्ध उजुरी परेपछि अख्तियारले सोधपुछका लागि भन्दै पत्राचार गरेको थियो । उजुरीसम्बन्धमा मेयर साम्पाङले गत माघ ११ गते नै 'त्यो वाइयत उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो ?' भनेर राय प्रतिकृया दिएकोमा पुनः पढ्नका लागि स्पष्टीकरण पठाइदिएको बताएका छन् ।
धरानको खानेपानी बोर्ड स्वयत्त निकाय भएकाले यसले आफ्नो नगरवासीहरुलाई पानीको आपूर्ति गर्न सबै खाले विधि अपनाउने साम्पाङले जवाफमा उल्लेख गरेका छन् ।
'नगरवासीहरुलाई सुलभ तरिकाले अटुट रुपमा खानेपानी वितरण गर्नु यसको एक मात्र उद्देश्य हो बिहान उठ्ने बित्तिकै ट्वाइलेट जानुपर्छ । ट्वाइलेटमा पानी छैन भने के हुन्छ त्यो भनिरहन पर्दैन होला । केहीछिन पछि भात पकाउनु पर्यो । भात पकाउन पानी चाहिन्छ । भात खाए पछि हातमुख चुठ्नु पर्यो, त्यसको लागि पनि पानी चाहिन्छ,' स्पष्टीकरण पत्रमा उनले लेखेका छन्, 'जुठो भाँडा लडाइराख मिलेन धुनै पर्यो, त्यसको लागि पनि पानी नै चाहिन्छ । फोहोर लुगा लगाएर भएन धुनै पर्यो । लुगा धुन पनि पानी नभै नहुने । स्वास्थ्य रहनलाई प्रशस्त पानी पिउनु पर्छ र दैनिक नुहाउनु पर्छ भन्छ केही नजान्ने ध्ज्इ ले नुहाउनलाई पनि पानी चाहियो । यसो।। करेसावासी र बगैँचातिर पनि पानी चाहिने नै भयो ।'
जवाफमा अगाडि उनले लेखेका छन्, 'फेरि सुँगुर कुखुरा चौपायालाई पनि पानी नखुवाई नहुने त्यसो भएको हुनाले धरानबासीको जीवन बचाउन र जीवन चलाउन जसरी भए पनि काम त गर्नै परो मैले, इन्फ्याक्ट हामीले... ।'
केन्द्र सरकारलाई कोशीबाट पानी ल्याइदिन भनेर वर्षौँ बिन्ती बिसाउँदा पनि नसुनेपछि गाग्री लिएर आफू सिंहदरबार पुगेको उनले उल्लेख गरेका छन् । उनले भनेका छन्, 'जनतालाई पानी चाहिएको छ है तत्काल पानी चाहिएको छ । आश्वासन र कागजको खोस्टा होइन, पानी चाहिएको छ के । त्यसैले हाम्ले श्रमदान गर्नु परेको हो खोइ कुरा बुझ्या !'
केन्द्र सरकारबाट तत्काल कोशीको पानी ल्याएर खुवाउने सम्भावना नभएपछि बोर्डको स्वायत्त अधिकार प्रयोग गरी समर्थक र सहयोगीहरुको आर्थिक र भौतिक सहयोग लिएर कोकाहा खानेपानी श्रमायोजना २ चलिरहेको उनले बताएका छन् ।
उनले अख्तियारलाई मुहानबाट धरानसम्म हिँड्दै पाइप गन्न र प्रोजेक्ट हेर्न आउन पनि अनुरोध गरेका छन् । पानीमा राजनीति गर्न नहुने बताउँदै मेयर साम्पाङले अन्यथा जनता पानी माग्न अख्तियारमा आउने चेतावनी समेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण