दार्चुलाका शिक्षकले मासिक रुपमा पाउन थाले तलब, भत्ता
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षक र विद्यालय कर्मचारीलाई मासिक रुपमा तलब, भत्ता भुक्तान गरेको छ ।
गाउँपालिकाले माघ महिनादेखि सामुदायिक विद्यालयका शिक्षक र विद्यालय कर्मचारीको तलब विद्युतीय सूत्र प्रणाली (इएफटी)मार्फत मासिकरूपमा प्रदान गर्न थालेको हो ।
सरकार र मालिकार्जुन गाउँपालिकाको नीति तथा कार्यक्रम र शिक्षा मन्त्रालयले गत मङ्सिर १७ गते स्थानीय तहलाई पठाएको मन्त्रीस्तरीय निर्णयअनुसार शिक्षकको खातामा मासिक तलब भुक्तानी गर्न थालिएको गाउँपालिका अध्यक्ष हीरासिंह धामीले बताए ।
यसअघि त्रैमासिक रुपमा तलब, भत्ता भुक्तानी हुँदै आएको थियो । पालिकाले अबदेखि निजामती र अन्य कर्मचारीलाई जस्तै गरी शिक्षकलाई पनि पाउने तलबभत्ता मासिकरूपमा भुक्तानी गराउने छ ।
मालिकार्जुन गाउँपालिकामा ३८ वटा सामुदायिक विद्यालयका ३३२ शिक्षक र कर्मचारी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमालेले बोलायो संसदीय दलको बैठक
-
श्रमदानमा ओडारे–भण्डारे सिँचाइ कुलो निर्माण
-
यातायात बन्द हुँदा यस्तो देखियो काठमाडौँ, तस्बिरहरू
-
फ्रान्समा पीएसजीको जितको उत्सवका क्रममा २ जनाको मृत्यु, ५०० जना पक्राउ
-
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र
-
शिलान्यासको छ वर्षपछि बल्ल नमुना सदरमुकाम निर्माण थालियो