व्यापार युद्धको भय : विश्व बजारमा सुनको भाउ अहिलेसम्मकै बढी
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार बहुमूल्य धातु सुनको भाउ बढेर कीर्तिमानी स्तरमा उक्लिएको छ । अमेरिका र चीनले जस्तालाई त्यस्तै गर्ने नीतिअनुरूप एक अर्काको देशबाट आउने सामान माथि भटाभट अतिरिक्त भन्सार महसुल लगाउने होडबाजी देखाइरहँदा यसले व्यापार युद्ध निम्तने भयले लगानीकर्ता त्रस्त छन् ।
यस्तोमा लगानीकर्ताहरूले सुन लगायत सेफ हेभन एसेटमा लगानी बढाइरहँदा सुनको माग बढेर भाउले नयाँ उचाइ छोएको हो । शुक्रबार सुनको भाउ पहिलो पटक प्रतिऔंस ३ हजार २०० डलरमाथि उक्लिएको छ । बिहानी कारोबारदेखि नै न्यूयोर्कको मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा सुनको भाउ उकालो लाग्न थालेको थियो ।
उक्त दिनको कारोबारमा सुनको भाउ अधिकतम प्रतिऔंस ३ हजार २ सय १९ डलर ८२ सेन्टसम्म पुगेको थियो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार बिहान १०ः५३ बजे स्पट गोल्ड प्रतिऔंस ३ हजार २१० डलर ३४ सेन्टमा किनबेच भइरहेको थियो ।
यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा १ दशमलव ५४ प्रतिशत धेरै हो । शुक्रबारको कारोबारमा स्विस फ्र्याङ्लगायत अन्य सेभ हेभन एसेटको भाउ आकासिएका छन् । हप्ताको सुरुमा अमेरिकी ऋणपत्रमा देखिएको सेल–अफ पुनः देखिएपछि शुक्रबार अमेरिकी डलरको तुलनामा स्वी फ्र्याङ्कको भाउ बढेर एक दशकयताकै उच्च स्तरका उक्लिएको छ ।
ट्रम्पले व्यापार युद्ध भड्काइरहँदा अमेरिकामा महँगी बढ्ने र अमेरिकी अर्थतन्त्र मन्दीमा फस्ने भयबिच लगानीकर्ताहरूले पछिल्लो सेभ हेभन एसेटमा लगानी गर्न थालेका छन् । वित्तीय बजारमा अनिश्चय देखिएकोले पनि सुनको भाउ बढेको लगानी व्यवस्थापन कम्पनी सिमकर्पका ओलिभर डी’असिएरले बीबीसीसँग भने ।
‘अहिले हामी नियम नै नभएको संसारमा बसिरहेका छौँ । व्यापार, सुरक्षा, स्वास्थ्य मात्रै होइन सार्वभौमिकता पनि कुनै नियम छैन,’ अझ अगाडि उनले भनेका छन् । यस्तोमा सुन, स्विस फ्र्याङ्क र गैर अमेरिकी सरकारी ऋणपत्र मात्रै अहिलेको लागि लगानीकर्तासामु विकल्पको रूपमा रहेको उनले बताए । आर्थिक अनिश्चयको समयमा भाउ यथावत् रहने वा बढ्ने सम्पत्तिलाई सेभ हेभन एसेट भनिन्छ ।
अमेरिका र चीनको ‘ट्टि फर ट्याट’ नीतिका कारण बिहीबार अमेरिका र एसियाभरका शेयर बजारमा पहिरो गएपछि सुनतिर लगानी ओइरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण