एक्कासि किन युक्रेन गए राजकुमार ह्यारी ?
वासिङ्टन डीसी । बेलायतका राजकुमार ह्यारी बिहीबार अचानक युक्रेनको भ्रमणमा गए । यस क्रममा उनले पश्चिमी लभिभ सहरमा रहेको एउटा क्लिनकमा युद्धमा घाइते भएको सैन्यकर्मी र नागरिकको साथसाथै त्यहाँ कार्यरत कर्मचारीलाई भेटेको बताइएको छ ।
उनको साथमा इन्भिक्टस गेम्स फाउन्डेसनका एउटा टोली पनि गएका थिए । यो टोलीमा युद्धका घाइतेहरूलाई प्रतिस्थापन गर्ने काम गरिरहेका चार विज्ञ पनि सामेल थिए ।
रुसले लभिभलाई बारम्बार मिसाइल आक्रमण गरिरहेको छ । राजकुमार युक्रेनबाट ननिस्कँदा सम्म उनको भ्रमणलाई गोप्य नै राखिएको थियो । ह्यारीले १० वर्षसम्म बेलायती सेनामा काम गरेका थिए ।
उनले युद्धमा घाइते भएकाहरूलाई खेलकुद प्रतिस्पर्धामा सहभागी गराउने उद्देश्यले २०१४ मा इन्भिक्टस गेम्स फाउन्डेशन खोलेका थिए । यतिबेला युक्रेन युद्धको मारमा छ ।
यस्तोमा त्यहाँ घाइतेहरूलाई कसरी टेवा दिइरहेको छ र उनीहरूलाई के कस्ता पुर्नवास सेवा दिइएको छ भनेर हेर्न ह्यारी युक्रेन आएको उनका एक प्रवक्ताले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
१२ बजे १२ समाचार : यस्ता छन् मुख्यमुख्य घटनाक्रम
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण